सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
नेकाको नेतृत्वमा बनेको गठबन्धनको सरकार गतिलो सरकार होइन । माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोजस्ता ‘कम्युनिस्ट’ भनिने दलहरू सम्मिलित वर्तमान सरकार पुँजीपति वर्गकै सरकार भएकोमा शङ्का छैन । भक्तपुर नगरपालिकाले रु. १५ लाखमा डाक्टर बन्न पाउने मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय खोल्न स्वीकृत माग गरेको दशक बित्यो । सस्तोमा डाक्टर बन्न पाउने शिक्षा दिन ख्वप विश्वविद्यालय खोल्न माग गर्दा पनि सरकार स्वीकृति दिँदैन । हुन त सरकार आफैले रु. १५ लाखमा डाक्टर पढ्न पाउने व्यवस्था गर्नुपर्ने हो । तर, भक्तपुर नगरपालिकाले रु. १५ लाखमा डाक्टर बन्न पाउने कलेज खोल्न माग गर्दा सरकार किन स्वीकृति दिँदैन ? स्वीकृति दिन किन ढिलाइ गरिरहेको हो ? सस्तोमा डाक्टर बन्न पाउने शिक्षा दिने नपाको उद्देश्यमा स्वीकृति नदिइकन सरकार किन बाधा दिन्छ ?
सरकार आफैले सस्तोमा गुणस्तरीय शिक्षा दिन अघि सर्नुपर्ने हो । सस्तोमा डाक्टरी शिक्षा दिने भक्तपुर नगरपालिकाको प्रयासमा सरकार किन बाधा पु¥याउँछ या ख्वप विश्वविद्यालय खोल्न सरकार किन स्वीकृति दिँदैन ? देशभर डाक्टरहरू पु¥याउन, स्वास्थ्य सेवा सर्वसुलभ गर्न सरकार आफै गुणस्तरीय सुलभ शिक्षा दिन लाग्नुपर्ने हो । सरकार आफैले सस्तोमा डाक्टर बन्ने शिक्षा दिनुपर्ने हो । तर, यहाँ सस्तोमा गुणस्तरीय शिक्षा दिने प्रयास गर्दा पनि बाधा दिन्छ या सरकार स्वीकृति दिँदैन ।
भक्तपुर नगरपालिकाले रु. १५ लाखमा डाक्टर बन्न पाउने शिक्षा दिने उद्घोष गरेको वर्षाैँ बित्यो । सरकारले ख्वप विश्वविद्यालय खोल्न स्वीकृति दिएमा रु. १५ लाखमा भनपाले डाक्टर बन्न पाउने शिक्षा दिने भनेको पनि दशक भयो । ख्वप विश्वविद्यालय स्वीकृति भएमा भनपाले रु. १५ लाखमा डाक्टरी पढाउने कुरा गर्दा सरकार किन पछि हटेको ? रु. १५ लाखमा डाक्टर पढाउँदा सरकारलाई के नोक्सान हुन्छ ? सरकार आफैले सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा दिन पहल गर्नुपर्ने हो । सरकार आफू पनि सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा दिन पहल नगर्ने, अनि रु. १५ लाखमा डाक्टर बनाउन मेडिकल कलेजसहितको ख्वप कलेज खोल्न पनि भनपालाई स्वीकृति नदिने ? यसले यो सरकार बहुमत जनताको पक्षमा नरहेको थाहा हुन्छ । सरकार आफू पनि सस्तो र गुणस्तरीय मेडिकल कलेज नखोल्ने अनि अरु निकाय या भनपालाई पनि खोल्न स्वीकृति नदिने कस्तो सरकार ! भनपाले रु. १५ लाखमा डाक्टरी पढाइ दिन्छौँ भन्दा स्वीकृति नदिने कस्तो सरकार !
के सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न नपाउने ¤ धनीका छोराछोरीले मात्र मेडिकल कलेजमा पढ्न पाउने पुँजीपति वर्गको शिक्षा कसरी न्यायोचित हुन्छ ? के गरिब वर्गले मेडिकल शिक्षा पढ्नु पर्दैन ? छात्रवृत्ति पाएमात्रै गरिबले डाक्टर पढ्न पाउने देशको कस्तो शिक्षा नीति ! गरिबका छोराछोरीले डाक्टर पढ्न पाउने गरी भनपाले खोल्न लागेको ख्वप विश्वविद्यालयको प्रस्तावलाई स्वीकृति दिन किन विलम्ब ! मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय खोल्न माग गर्दा पनि स्वीकृति नदिने कस्तो सरकार ! रु. १५ लाखमा डाक्टर बन्न पाउने ख्वप विश्वविद्यालय खोल्ने भनपाको उद्देश्यमा बाधा किन ? भनपाले झैँ बरु सरकारले पनि रु. १५ लाखमा देशको विभिन्न जिल्लामा मेडिकल कलेजमा पढ्न पाउने व्यवस्था गरे देशको लागि आवश्यकताअनुसार डाक्टर पुग्छ र स्वास्थ्योपचारमा जनताकै सेवा हुन्छ । सरकार पनि सस्तोमा पढ्न पाउने मेडिकल कलेज नखोल्ने अरुले खोल्न माग गर्दा पनि स्वीकृति नदिने कस्तो सरकार !
Leave a Reply