भर्खरै :

भ्रष्ट आचरणका व्यक्ति पनि उम्मेदवार !

सत्तासीन दलका नेताहरू उम्मेदवारीको नाम छनोट गर्दा इज्जत र चरित्रको ख्याल नै गर्दैनन् । शीर्ष नेताहरू आफ्ना नेताको दबाबमा जो कोहीलाई उम्मेदवारी छनोट गर्छन् । भ्रष्टाचार, हत्यालगायतका मुद्दामा सजाय पाएका, मुद्दा चलेर टुङ्गो नलागेका र दोषी ठहर भएर सजाय हुन बाँकी रहेका नेता तथा कार्यकर्तालाई पनि पार्टीले उम्मेदवारीको नाम छनोट गरेको छ । गम्भीर प्रकारको मुद्दामा सजाय पाइसकेका त्यस्ता मुद्दा खेपिरहेका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टीले उम्मेदवार उठाउनु के ठीक हो ? अदालतले तिनीहरूको मुद्दा टुङ्गो नलगाएसम्म पार्टीले उम्मेदवारी उठाउनु उपयुक्त होइन । फौजदारी अभियोगमा सजाय पाएका र अभियोग लागेका व्यक्तिहरूलाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार उठाउँदा के पार्टीको बेइज्जत हुँदैन ? आफ्ना नेता तथा कार्यकर्ताले दबाब दिए भन्दैमा भ्रष्टाचारको मुद्दाको टुङ्गो नलाग्दै उम्मेदवार उठाउनु के जायज छ ? यो त देशको कानुनको ठाडो उल्लङ्घन हो । सरकाको नेतृत्व गर्ने दलका नेताहरू नै किन देशको कानुनको खिल्ली उडाउँछन् ?
सन्दर्भ भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि धरौटीमा छुटेका पूर्वमन्त्री विजयदार गच्छदारको हो । मुद्दाको टुङ्गो नलाग्दै नेकाले उनलाई प्रतिनिधिसभामा उम्मेदवारको सिफारिस ग¥यो । भ्रष्टाचारमा ठहर भएका अर्का पूर्वमन्त्री गोविन्दराज जोशीले स्वतन्त्रमा उम्मेदवारी दिए । त्यस्ता उम्मेदवारीको नाम सिफारिस गरिएन भने पार्टी छोड्ला या पार्टीको विरोध गर्ला भन्ने चिन्ता हुन्छ । कुनै व्यक्तिलाई खुसी पार्न के दलले उम्मेदवारीको नाम सिफारिस गर्न मिल्छ ? यसले व्यक्तिमात्र होइन दल नै भ्रष्ट आचरणका नेता कार्यकर्तालाई बढावा दिन्छ भन्ने थाहा हुन्छ । भ्रष्ट आचरणका नेता कार्यकर्तालाई बढावा दिने सरकारले भ्रष्टाचार नियन्त्रण कसरी गर्छ ? भ्रष्टाचारीहरूको पक्षपोषण गर्ने सरकारले भ्रष्टाचार अन्त्य गर्दैन । देशमा भ्रष्टाचार अन्त्य नहुनुको कारण पनि त्यही हो ।
कुनै पनि दलले भ्रष्ट आचरणका व्यक्तिहरूलाई ठाउँ दिनु हुँदैन । भ्रष्ट आचरणका व्यक्तिहरूलाई ठाउँ दिने दल पनि भ्रष्टाचारतिर उन्मुख छ भन्ने थाहा हुन्छ । सरकारले त भ्रष्टाचार नियन्त्रण गर्न अघि बढ्नुपर्छ । भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्न अघि बढ्नुपर्छ । भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्न सरकारले पाइला चाल्नुपर्छ । सरकारले भ्रष्टाचारविरोधी अभियान छेड्नुपर्छ । अनिमात्रै भ्रष्टाचारविरोधी अभियान छेड्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । अनिमात्रै देशमा सुशासन कायम हुन्छ । देशको इज्जत र आस्था बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *