सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
राजनीति सिद्धान्त, विचार, आदर्श र निष्ठामा आधारित भएन भने त्यो असल राजनीति हुँदैन । नेमकिपाले सिद्धान्त र विचारको आधारमै देश र जनताको पक्षमा राजनीति गरिरहेको हो । देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको कुनै स्वार्थ छैन भनी नेमकिपाका नेता तथा कार्यकर्ताले भन्दै आएका हुन् । वास्तवमा राजनीतिमा लाग्ने नेता तथा कार्यकर्ताहरूको स्वार्थ देश र जनताको हित गर्नु नै हुनुपर्छ । बैङ्किङ कसुर, हत्या, बलात्कार र भ्रष्टाचारजन्य आरोपित नेता तथा कार्यकर्तालाई उम्मेदवारी बनाएर दलको सिद्धान्त र विचार कसरी पूरा हुन्छ ?
नेमकिपाले राष्ट्रिय हितको विषयमा कुरा उठाइरहेको छ । देश जोगाउने अभियानमा लागिरहेको नेमकिपालाई शासक र ठूला दलहरू ‘यथास्थितिवादी’ भनी आरोप लगाउँछन् । नेमकिपाको उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तनको निम्ति लडिरहेको दल कसरी ‘यथास्थितिवादी’ हुन्छ ? अरूलाई यथास्थितिवादीको आरोप लगाउने दलका नेताहरूले नै अहिले किन आन्दोलन गर्नुप¥यो, अहिलेको सरकारले सबैको व्यवस्था गर्छ भनी यथास्थितिको कुरा गरिरहेका छन् । जुन दल सरकारमा गएकै छैन उसैले यो गरेन, त्यो गरेन भनी आफ्नो कमजोरी लुकाउने काम शासक र ठूला दलका नेताहरूले गरिरहेका छन् । सरकारको पटक–पटक नेतृत्व गर्ने शासक दलहरूले काम गरेर देखाउनुपर्दैन ? सरकारको नेतृत्व गर्ने सरकारले गर्नुपर्ने काम सरकारमा पाइला नटेकेको दलले यो गरेन त्यो गरेन भनी आफ्नो गल्ती छोप्न मिल्छ ?
के देशमा मल ल्याइएन भनेर नेमकिपालाई दोष लगाउने ? भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दाको दोष नेमकिपालाई लगाएर शासक दलहरूको जिम्मेवारी पूरा हुन्छ ? नेपाली भूमि कालापानीमा रहेको भारतीय सेना धपाउने काम नेमकिपाले गरेन भनेर विरोध गर्ने ? नेमकिपाले त पार्टी स्थापनाको समयदेखि देशमा रासायनिक मल कारखाना खोल्नुपर्ने माग गर्दै आएको हो । कालापानीमा रहेको भारतीय सेना फर्काउन, सीमा अतिक्रमण र भारतीय पक्षबाट एकतर्फीरूपमा बनाइएको बाँध तथा तटबन्ध भत्काउनुपर्ने माग नेमकिपाले उहिलेदेखि गर्दै आएको हो । नेमकिपा शोषणरहित समाज स्थापनार्थ सङ्घर्षरत छ । आम नपाली जनता र सत्तासीन दलहरूमा देशभक्तिको भावना आवश्यक छ भन्ने कुरा उठाउने दल नेमकिपा हो । नेमकिपाले त २०२५ सालमै भारतले मिचेको नेपाली भूमि सुस्ता फिर्ता लिन विरोध प्रदर्शन गरेको थियो । कालापानीबाट भारतीय सेना फर्काउन नेमकिपाले बेलाबखत विरोध प्रदर्शन गर्दै आएको हो । नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाउँदा त्यसको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै आएको हो । यसरी देश बचाउने अभियानमा लागेको दल पनि कहिल्यै ‘यथास्थितिवादी’ हुन्छ ? ठूला र शासक दलका नेताहरू किन झूटको खेती गर्छन् ? झूटको खेती गरेर जनताको मत लिने दलका नेताहरू कसरी सद्दे हुन्छन् ?
Leave a Reply