आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, ७ भदौ । प्रभात इङ्गलिश सेकेण्डरी स्कूलले भदौ ९ (कालो दिन) को स्मरण गर्दै बुधबार विरोध तथा भत्र्सना कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाको सिद्धान्त, विचार र जनपक्षीय कार्यबाट तर्सेर पार्टीलाई समाप्त गर्ने दुष्प्रयाससाथ पञ्चायत सरकारले भदौ ९ गतेको षड्यन्त्र गरेको बताउनुभयो ।
भदौ ९ को इतिहास बुझ्न आवाज, फाँसी दे, जेलका चिठीहरूलगायतका पत्रिका र पुस्तकहरू पढ्न सल्लाह दिंदै उहाँले आफ्ना नानीहरूलाई सक्षम र योग्य बनाउन सानैदेखि मार्गनिर्देशन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘नेमकिपाले भक्तपुरमा राजनैतिक चेतना विकास गर्दै शैक्षिक क्षेत्रलाई माथि उठाउन ख्वप कलेजहरूको स्थापना गरेको हो । भारतले नेपालको सिमानामा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरी सडक बाँधहरू बनाएको कारण तराई डुबानमा परेको हो । नेपालको लुम्बिनी क्षेत्र डुबाई भारतले बनाएको नक्कली लुम्बिनीलाई सक्कली बनाउने षड्यन्त्र गर्दैछ ।’
विद्यालय सञ्चालक समितिका सदस्य रोशनमैया सुवालले भक्तपुर काण्डबारे चर्चा गर्दै महिलाहरूले गरेको सङ्घर्ष त्यागको कारण फाँसीवादी पञ्चायत झुक्न बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply