भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
संसारका सबै राजतन्त्रहरू दैवी सिद्धान्तको आधारमा चलेका हुन्छन् भने गणतन्त्रहरू भौतिकवादी सिद्धान्त र धर्म निरपेक्षताको आधारमा ! बेलायतमा राजा र जनता फरक धर्म मान्ने भएकोले राजा काटिए र पूँजीवादी क्रान्तिले प्रवेश पायो । चर्चको विरोध गरेको र राजालाई ज्यान सजाय दिएको हुनाले बेलायतमा क्रान्तिपछि आजसम्म क्रामवेललाई चर्चले माफी दिएको छैन र बेलायतको सिंहदरवारमा राखिएको क्रामवेलको शालिकमाथि औपचारिक रुपले धुलो समेत झार्ने गर्दैनन् । १७ औं शताब्दीको पूँजीवादी क्रान्तिको नायकको शालिकमा ! बरु सधैं परेवाको विष्टा देखिन्छ । वर्ग सङ्घर्ष र धार्मिक कट्टरताको सार यही हो ।
नेपालले आफूलाई ‘सङ्घीय गणतन्त्र’ घोषित गरेको छ, बुझेर नबुझेर वा अरुको दबाबले वा तलको वर्गको शासनलाई बाटो खुल्ला भन्ने डरले । ६ भदौ २०७४ को दिन डोलेश्वर महादेव (स्थानीय भाषामा शिपारे महादेव) परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको ‘सवारी’ भयो । भारतीय धर्मभिरुहरू भारतको केदारनाथको शिर डोलेश्वरको महादेव मान्छन् । यसकारण यो क्षेत्र भारतकै भएको कथा एकदिन लेखोट प्रस्तुत गर्न बेर छैन – मुसोलिनीले क्याथोलिक धर्म मान्ने अवेसिनियालाई आफ्नो क्षेत्र मानेजस्तै । फासीवाद र नाजीवाद धर्म र नश्ल एवम् जातिवादमा आधारित थियो – सांस्कृतिक आक्रमण सैनिक आक्रमणको पूर्वाभ्यास हुने गर्छ ।
केही पूर्व प्रधानमन्त्रीहरू समेत साँगाको ‘महादेव’ को दर्शन गर्न वा मसाज गर्न जान्छन् । प्राग कब्जा गर्नुभन्दा पहिले चेक होटलहरूमा पर्यटक सम्झिएका ‘गेष्टहरू’ खचाखच भरिएका थिए, होटल व्यवसायीहरू सबै दङ्ग भए ।
एकाबिहान होटलहरूका केटाहरू बिहानको चिया लिएर कोठा कोठा पुग्दा आफ्ना सबै गेष्टहरू सैनिक पोशाकमा पाए । देश हिटलरी जर्मनीको हातमा गइसकेको थियो । पुरानहरू र चाणक्य राजनीतिमा गुरु–पुरोहित, ऋषि मुनिहरू नै राजनीतिका सञ्चालक र राजा–महाराजाका गुरुहरू हुन्थे । रामदेव आएर कम्युनिष्ट नेता र पूर्वप्रधानमन्त्रीहरुलाई नाङ्गै टुँडिखेलमा सुताए ! तर केही ‘कम्युनिष्ट’ नेताहरूले राजनीति गर्नु फकिर बन्न होइन बन्ने सरल भाषा बोले । त्यसको जवाफ आज भारतकै उत्तर प्रदेशको मुख्यमन्त्री फकिर देखिए । हात हेर्ने, फकिर र भिक्षुहरु समेत दूत र गुप्तीहरु हुन्थे । राजनैतिक कार्यकर्ता व्यापारी हुनुहुन्न, ठेकेदारका हिस्सेदार हुनुहुन्न र गुण्डाका नाइके एवम् जाली–फटाहाका संरक्षक हुनुहुन्न, ठगहरूको सङ्गाति हुनुहुन्न भन्ने आशयलाई एमालेका नेताले नबुझेको प्रस्ट देखियो । डोलेश्वरको चार चार आना जग्गा नेताले पाएपछि साँगाको महादेवको औषधि पसलमा नेताले मुफ्त सेवा पाएपछि देशमा जिम्मेवार व्यक्तिहरुले भोलि राज्यले सार्वजनिक धरोहरको रुपमा संरक्षणको जिम्मा लिंदै जानुपर्ने अप्ठेरो नसोचेको देख्दा उदेक लाग्छ ।
विभिन्न देशको इतिहासका नकारात्मक पात्रहरू जिउँदा थिए भने नेपालका यस्ता पात्रहरू ‘जोकर’ वा हास्यका पात्रहरू मात्रै हुन् । गणतन्त्रवादी नेपोलियनलाई नै पूँजीपति वर्गले शासनमा ल्याएर गणतन्त्रवादी ज्याकोविन्स नेताहरूलाई एक एक गरेर ग्यालोटिनमा काट्न दिए र लोग्ने छोडेका एक खानदानी केटीसँग विवाह गर्न दिएर गद्दीमा राखेर राजा बनाई दिए । त्यस्तै राजालाई चुनावमा हाँक दिने गणतन्त्रवादी मदन भण्डारीको श्रीमती राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजाकै पदचिन्हमा मन्दिर मन्दिर घुमाएर नेपालमा सामन्त वर्गले बद्ला लियो । हिजोका सबै राजावादी पञ्च र काङ्ग्रेसीहरू आफै विद्यादेवी भण्डारीको स्वागतको लाममा र समितिमा देखिए । निर्दलीय पञ्चायती व्यवस्था ढल्यो तर निर्दलीय गणतन्त्रको स्थापना भयो । बेलायती पूँजीवादी क्रान्ति र फ्रान्सेली राज्य क्रान्तिको नक्कल अहिले नेपालमा हुँदैछ ।
–क्रिश्चिना
Leave a Reply