भर्खरै :

सुधारसहित ‘एक देश, दुर्ई प्रणाली’ को नीतिलाई कायम राख्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता

पेइचिङ, ३० असोज (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) का महासचिव एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुर्ई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको आइतबार सुरू भएको बीसौँ महाधिवेशनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले “एक देश, दुर्ई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार हो, हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको छ,” भन्नुभयो । उक्त नीतिलाई दीर्घकालीनरूपमा पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसलाई पूर्णरूपमा इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुर्ई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उहाँले दुवैलाई उच्चस्तरको स्वायत्तताका लागि सीपीसी प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गर्नुभयो ।
हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवम् सामाजिक विकासको समस्या समाधान गर्न तथा दुर्ई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवद्र्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गर्नुभयो । उहाँले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताउनुभयो ।
महासचिव सीले महाधिवेशनमा प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्नेछन् । कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुर्ई क्षेत्रका प्रमुख कार्यकारीहरू र सरकारलाई केन्द्रबाट सहयोग हुनेछ ।
हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुर्ई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्नेछौँ । हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीनविरोधी तत्वहरूलाई कडा कारबाही गर्नेछौँ । हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,” प्रतिवेदनमा भनिएको छ ।

चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गर्नुभयो ।
चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरूद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उहाँले बताउनुभयो ।
चीन विश्व शान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहो¥याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *