भर्खरै :

चिनियाँ शैलीको आधुनिकीकरणबाट मानवजातको आधुनिकीकरणका लागि नयाँ छनोट

पैचिङ, २ कार्तिक (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९ औँ केन्द्रीय समितिको प्रतिवेदन बीसौँ राष्ट्रिय महाधिवेशनमा पेश गर्नुभयो । प्रतिवेदनले समाजवादी आधुनिक देशको चौतर्फी निर्माणबारे रणनीतिक योजना बनाउनुका साथै चिनियाँ शैलीको आधुनिकीकरणको विशेषता र मुख्य आवश्यकताबारे जानकारी दिएको छ ।
आधुनिकीकरण विभिन्न देशका जनताको साझा खोज हो र आधुनिक कालदेखि चिनियाँ जनताको लक्ष्य पनि हो । चिनियाँ शैलीको आधुनिकीकरण के हो ? प्रतिवेदनमा महासचिव सी चिनफिङले जोड दिनुभयो, चिनियाँ शैलीको आधुनिकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी आधुनिकीकरण हो । जससँग विभिन्न देशको आधुनिकीकरणको साझा विशेषता जोडिनुका साथै चीनको विशेषता पनि रहेको छ । चिनियाँ शैलीको आधुनिकीकरण जनसङ्ख्या विशाल रहेको आधुनिकीकरण हो, सबै जनता साझा समृद्धि हुने आधुनिकीकरण हो, मात्रिक सभ्यता र आत्मिक सभ्यता समन्वय गरिएको आधुनिकीकरण हो, मानव र प्राकृतिक सहअस्तित्व रहेको आधुनिकीकरण हो र शान्तिपूर्ण विकास मार्ग रहेको आधुनिकीकरण हो ।
प्रतिवेदनले चिनियाँ शैलीको आधुनिकीकरणका ९ मुख्य आवश्यकता स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हुनुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवाद हुनुपर्छ, उच्च गुणस्तरीय विकास गर्नुपर्छ, पूरा प्रक्रियामा जनताको प्रजातान्त्रिक विकास हुनुपर्छ, जनताको आध्यात्मिक विश्वलाई समृद्ध पार्नुपर्छ, सबै जनतालाई साझा समृद्ध बनाउनुपर्छ, मानव तथा प्राकृतिक सहअस्तित्वले घच्घच्याउनुपर्छ, मानव भाग्य समुदायको निर्माण बढाउनुपर्छ र मानवजाति सभ्यताको नयाँ शैलीको सिर्जना गर्नुपर्छ । जसले समाजवादी आधुनिक देशको निर्माणका लागि कार्य मार्गदर्शन गरेको छ ।
चिनियाँ शैलीको आधुनिकीकरणको अभ्यास र अनुभवले मानवजातको आधुनिकीकरणका लागि महत्वपूर्ण योगदान दिनुका साथै नयाँ छनौट पनि दिएको छ । विश्वमा प्रमाणीकरण भएको आधुनिकीकरण कुनै मोड छैन र जहाँ सफल हुने आधुनिकीकरण मापदण्ड पनि छैन । वर्तमान चीनमा उद्योगीकरण, सूचनाकरण, शहरीकरण तथा कृषिको आधुनिकीकरण साथसाथै अगाढि बढ्दैछन् । मात्रिक सभ्यता, राजनीतिक सभ्यता, आत्मिक सभ्यता, सामाजिक सभ्यता र पर्यावरणीय सभ्यता समन्वय रूपमा विकसित हुँदैछ । चिनियाँ शैलीको आधुनिकीकरणले आफ्नो विकास गर्नुका साथै विश्वलाई फाइदा पु¥याउनेछ ।

चिनियाँ शैलीमा आधुनिकीकरण चीनको वास्तविक अवस्था : सी चिनफिङ
यसैबीच चीनका सर्वोच्च नेता सी चिनफिङले अक्टोबर १७ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशनमा क्वाङ्सी च्वाङ जातीय स्वायत्त प्रदेशीय प्रतिनिधि मण्डलसँगको छलफलमा जोड दिँदै भन्नुभयोः चिनियाँ शैलीमा आधुनिकीकरण चीनको वास्तविक अवस्थासँग मेल खाएको छ । यस्तो आधुनिकीकरणले चिनियाँ राष्ट्रको महान पुनरूत्थानको कार्यभारलाई साकार तुल्याउनुपर्छ ।
क्वाङ्सी प्रतिनिधि मण्डलका ५ जना प्रतिनिधिको सम्बोधन सुन्नुभएपछि सीले भन्नुभयोः नयाँ युगमा प्रवेश भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी आधुनिकीकरण देश निर्माण सम्बन्धी बुझाइ गहन बन्दै रणनीतिक रूपमा परिपक्व गइरहेको छ र जसबाट चिनियाँ शैलीको आधुनिकीकरणलाई सफलताका साथ विस्तारित तथा विकसित गरिएको छ । एक एक पाइला गरेर पार्टीको बीसौँ महाधिवेशनमा गरिने महत्वपूर्ण निर्णय तथा बन्दोबस्तलाई कार्यान्वयन गर्नु नै वर्तमान सबभन्दा महत्वपूर्ण कार्य हो भन्ने पुष्टि पनि सीले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *