सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
हरेक राजनीतिज्ञहरू दूरदर्शी हुनुपर्छ । राजनीतिक दलका नेताहरूमा दूरदृष्टि चाहिन्छ । दूरदृष्टि नभएका राजनीतिज्ञहरूले देश र दललाई दिशा निर्देश गर्न सक्दैनन् । दूरदृष्टिकै कमीले देश विकासमा पछि परेको हो, देश परनिर्भर भइरहेको हो । शासक र ठूला दलका नेताहरू जनतालाई मात्र होइन आफ्नै दलका असन्तुष्ट नेताहरूलाई पनि अनेक लोभलालच देखाउँछन् । ती दलका नेताहरू जनतालाई पैसा बाँड्ने, सामान बाँड्ने र विकास गर्ने आश्वासन दिन्छन् भने दलका असन्तुष्ट नेताहरूलाई पद दिने आश्वस्त पार्छन् । कार्तिक ७ गते प्रकाशित ‘राजधानी’ दैनिकमा गठबन्धनद्वारा बागी उम्मेदवारलाई प्रलोभन नै प्रलोभन’ शीर्षकको समाचारमा सत्ता गठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई चुनावमा जितेपछि राष्ट्रियसभामा सदस्य, राजदूत तथा अन्य उच्चपदस्थ निकायमा नियुक्ति दिने समाचार छापिएको छ । यसरी सत्तासीन दलका नेताहरू सरकारलाई राजनीतिक दलको भर्तीकेन्द्र बनाउने गलत सन्देश दिँदै छन् ।
प्रलोभन दिएर मत तान्ने प्रवृत्ति गलत हो । यो सद्दे राजनीति होइन । प्रलोभन देखाउने नेता र प्रलोभनमा फस्ने नेताहरू सच्चा नेता होइनन् । उनीहरू अवसरवादी हुन् । अवसरवादी नेताहरूको स्पष्ट दृष्टिकोण हुँदैन । स्पष्ट दृष्टिकोण नभएका नेताहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन् । देशमा ठूला दलको नेतृत्वमा पटक–पटक सरकार बने पनि देशको मुहार फेर्न नसक्नुको कारण पनि यही हो । ती शासकहरू देश र जनताप्रति जिम्मेवार बनेनन् । यसले पद र लोभ बाँडेर राजनीति गर्ने दलका नेताहरूको उद्देश्य देश हित होइन भन्ने थाहा हुन्छ ।
प्रदेश होस् या सङ्घ, विधायक या सांसदको काम देशको लागि आवश्यक ऐन, कानुन तयार गर्नु हो । ऐन, कानुन तयार गर्नुपर्ने सांसदहरू सांसद विकास कोष घेरामा परेको कारण कति सांसदहरू अनियमित काममा फसे, कति सांसदले विकासको रकम दुरूपयोग गरे । त्यही कारण कति सांसदहरू बदनाम भए । सांसदको काम विकासको जिम्मा लिने होइन । विकासको काम सरकारले गर्ने हो । सांसदहरूले त पार्टीको सिद्धान्त र विचारलाई संसद्मा पु¥याउने हो, सिद्धान्त, विचार र घोषणापत्र लागु गर्ने हो । सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर सचेत र सङ्गठित गर्ने हो ।
सरकारले देशको सन्तुलित विकास गर्नुपर्छ । सन्तुलित विकास भयो भने देशभरका जनताले सरकारको सेवा सुविधा पाउने छन् । कुनै मन्त्रीले देशको राष्ट्रिय ढुकुटीलाई आफ्नो जिल्ला या प्रदेशको विकासमा मात्र खर्च गर्ने होइन । तर, देश र जनताको सेवा गर्ने भनी वाचा गरेका नेता तथा मन्त्रीहरूले आफ्नो क्षेत्रमात्र हेरे । यो सङ्कीर्ण विचार हो । देश र दल चलाउने नेताहरूको सङ्कीर्ण सोच र चिन्तनले गर्दा देशको आर्थिक स्थिति मजबुत नभएको हो, देश आर्थिक सङ्कटमा पर्दै गएको हो । अतः देशलाई आत्मनिर्भर गर्नेतर्फ शासक दलहरूको ध्यान जानु आवश्यक छ ।
Leave a Reply