सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, ७ कार्तिक । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको आयोजनामा नेपाल संवत् ११४३ को अवसरमा शनिबार भूतपूर्व विद्यार्थीहरूसँग भेटघाट, शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रभात स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले संस्कृतिलाई विज्ञानसम्मत रूपमा मनाउनुपर्ने बताउनुभयो ।
संस्कृति हाम्रो बानी र संस्कारसँग जोडिएको हुनाले संस्कृति निरन्तर चलिरहने उल्लेख गर्दै उहाँले युरोप र अमेरिकी महादेशका शासकहरूको संस्कृति अन्य महादेशलाई लडाउने र दबाउने गरेको रहेको प्रस्ट्याउनुभयो ।
वडा नं ६ का वडाध्यक्ष डा. हरिराम सुवालले भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको लागि नेमकिपाले सङ्घर्ष गरिरहेको विचार व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति सदस्य गौतमप्रसाद लासिवाले सांस्कृतिक र राजनैतिक गतिविधि गर्नको लागि देश स्वतन्त्र रहनुपर्ने जिकिर गर्नुभयो । उहाँले नागरिकता विधेयक पास भयो भने नेपालीलाई तेस्रो दर्जाको नागरिकसरह व्यवहार गरिने धारणा व्यक्त गर्दै विद्यार्थीहरू राजनैतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिले एसोसिएसन अन्य विद्यालयको लागि उदाहरणीय रहेको उल्लेख गर्दै विजेता खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रभात स्टुडेन्ट एसोसियसनका अध्यक्ष रामसुन्दर माकले शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply