भर्खरै :

पाङ्गा र कीर्तिपुरमा भिन्तुना ¥याली

कीर्तिपुर, १० कार्तिक । नेपाल संवत् ११४३ नयाँ वर्षको शुभकामना ¥याली पाङ्गा र कीर्तिपुरमा बुधबार मनाइयो ।
नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको आयोजनामा नयाँ वर्षको शुभकामना ¥याली पाङ्गा लखुबाट सुरु भई नगर परिक्रमा गरी पाङ्गा लाछीमा समापन भयो ।
समापन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधिसभा उम्मेदवार नारायण महर्जनले हरेक नयाँ वर्ष परिवर्तनको वाहक हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शङ्खधर साख्वाले ऋण मुक्त गराए भने गणतन्त्रवादी शासकहरूले ऋण बोकाए । अब नेपाली जनताले त्यस्ता शासक दलहरूविरुद्ध सङ्घर्ष गर्नपर्छ ।” नेपाल संवत्लाई सरकारी कामकाजी प्रयोग गर्न सरकारलाई दबाब दिनुपर्ने उहाँले बताउनुभयो । तःमुंज्याको ¥यालीमा सहभागीहरूले एमसीसी, एसपीपी राष्ट्रघाती सम्झौता खारेज गर, नेपाल संवत् प्रयोगमा ल्याऊ, ऋण बोकाउने शासक दल होसियारलगायतका प्लेकार्ड बोकेका थिए ।
त्यसैगरी पाङ्गामा भएको न्हु दँ हना खल न्हूजः आमा समूह र बालकुमारी विचाः गुठीको संयुक्त आयोजनामा भएको शुभकामना ¥यालीको उद्घाटन कीर्तिपुर नपा वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले गर्नुभएको थियो ।
¥याली नगर परिक्रमा गरी दिउखेलमा पुगी समापन भएको थियो ।
समापन समारोहमा वडाध्यक्ष महर्जनले उपस्थित समूह तथा बाजा टोलीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा रूपेन महर्जन, हीरालक्ष्मी महर्जनलगायतले बोल्नुभएको थियो । नयाँ वर्ष मनाउने क्रममा कार्तिक ८ गते सांस्कृतिक साँझ कार्यक्रम भएको थियो ।
सोही दिन कीर्तिपुरमा पनि नयाँ वर्षको शुभकामना ¥याली भयो ।
तःननी दाफा खलको आायोजनमा भएको कार्यक्रमको उद्घाटन कीर्तिपुर नगरका उपप्रमुख शुभलक्ष्मी शाक्यले गर्नुभएको थियो ।
शुभकामना ¥यालीले नगर परिक्रमा गरी तः ननी टोलमा समापन गरेको थियो । समापन समारोहमा नगर उपप्रमुख शाक्यले सहभागी समूह र वाद्यवादकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *