नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
शासक र ठूला दलका नेताहरूले दलको सिद्धान्त र विचारको कुरा जनतामाझ पु¥याएर मत लिएका भए अन्यथा केही भन्नुछैन । दलका ती नेताहरू न दलको सिद्धान्त र विचार जनतासमक्ष पु¥याउँछन् न दलको घोषणापत्रबारे नै जानकारी दिन्छन् । तिनीहरूले आ–आफनो एजेन्डामा होइन एकले अर्काको आरोपप्रत्यारोपमा प्रतिस्पर्धा गर्न थालेका छन् । अबको सरकार आफ्नो नेतृत्वमा भन्दै फुकिरहेका ती नेताहरू विकास र समृद्धिको बहस होइन एकले अर्काेलाई घोचपेच गर्नमै व्यस्त छन् । सिद्धान्त र विचारको कुनै ख्याल नगरी गठबन्धन र तालमेलमा जुटेका ती नेताहरू स्वाधीन, सार्वभौमसत्ता र स्वाभिमानमा आँच आउने काम गर्न पछि पर्दैनन् ।
जसपा, लोसपा, राप्रपाजस्ता दलहरू तीन प्रतिशत मत पाउन गठबन्धन र तालमेलमा सरिक भएका हुन् । अलगअलग चुनाव लडे ‘राष्ट्रिय’ पार्टी नहोला भन्ने चिन्ता ती दलका नेताहरूमा छ । ती दलका नेताहरूले मतको आधारमा ‘राष्ट्रिय’ दल हुने मान्यताको विरोध गर्नुपर्ने हो, मतसीमाको बन्दोबस्त खारेज गराउन आन्दोलन गर्नुपर्ने हो । सरकारले गरेको गलत निर्णयको विरोध नगरी ती दलका नेताहरूले ‘राष्ट्रिय’ पार्टी बनाउन सिद्धान्त र विचारलाई थाती राखेर अराजनीतिक कार्य गरेका छन् । नेपाल मजदुर किसान पार्टीले ‘मतसीमा’ को अवधारणा ल्याउने बित्तिकै सो धारणा प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत भन्दै विरोध गरेको थियो । त्यसबेला जसपा, लोसपा, राप्रपाले केही बोलेनन् । त्यसबेला साना भनिएका अनि दलले संसद् र सडकमा विरोध गर्नुपथ्र्याे, आन्दोलन गर्नुपथ्र्याे । अहिले दलको सिद्धान्त र विचारको मतलबै नराखी तिनीहरूले ‘राष्ट्रिय’ पार्टी बनाउने नाउँमा लाजनीति गर्न थालेका छन् ।
गठबन्धनमा राजावादी दल पनि जुटेको छ । राजतन्त्र पुनस्र्थापना गर्ने उद्देश्य बोकी राजनीति गर्ने दल राप्रपासँग ठूला र ‘कम्युनिस्ट’ भनिने एमालेले निर्वाचनमा तालमेल ग¥यो । माओवादी नेताहरूको टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेकासँग आमूल परिवर्तनको निम्ति बन्दुक उठाउने माओवादी केन्द्रले चुनावी गठबन्धन ग¥यो । उक्त गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भयो । ती नै नेताहरू कहिलेकाहीँ समाजवाद र क्रान्तिको कुरा फलाक्छन् । शासक र ठूला दलका नेताहरूले अब देशमा सङ्घर्ष आवश्यक छैन, अब आर्थिक समृद्धि ल्याउने भनी सत्तामुखी राजनीति गरिरहेका छन् । तिनीहरू विकासलाई तिव्रता दिने, सुशासनको प्रत्याभूति दिने, रोजगारी सिर्जना गर्ने, सामाजिक सुरक्षाको अनुभूति दिने कुरा फुक्दै छन् ।
शासक दल र ठूला दलभित्र विधि र पद्धति देखिँदैन । ती नेताहरूभित्र गुटबन्दी देखिन्छ । आफ्नो पक्षका उम्मेदवार दिइएन भने ती नेताहरू असन्तोषमात्र पोख्दैनन् विद्रोही उम्मेदवार दिन्छन्, पार्टी नै छोड्छन् । शासक दलका नेताहरूको यस्तै चालामालाले गर्दा जनतामा राजनीतिप्रति वितृष्णा बढेको हो । तर, अचम्म ¤ त्यस्ता अवसरवादी, सङ्कीर्णवादी दलका नेता या उम्मेदवारलाई नै जनता निर्वाचित गर्छन्् । बहुमत जनतामा राजनीतिक चेतनाको कमी भएको हुँदा देशमा अल्पमतले बहुमतमाथि शोषण गरिरहेको हो, रजाइँ गरिरहेको हो । बेलैमा बुद्धि पुगोस् ।
Leave a Reply