भर्खरै :

सच्चा कम्युनिस्ट र देशभक्त दललाई जिताउनुपर्छ

देश विकासको लागि इमानदारीपूर्वक देश र जनताप्रति समर्पित भएर राजनीति गरेका दलका उम्मेदवारहरूलाई निर्वाचित गर्नुपर्ने विचार जनताले सहर, बजार तथा गाउँ ठाउँमा व्यक्त गर्न थालेका छन् । विकास र समृद्धिको नाउँमा शासक दलका नेताहरूले देशलाई उपनिवेश बनाउन खोजेको र देशको सार्वभौमिकता गुमाउने खालका विधेयक पारित गरेका कारण सरकारप्रति जनताको विरोध गाउँ ठाउँमा बढ्दै गएको हो । देश विकास र जनताको सेवाको कुरा फलाकेर देशविरोधी गतिविधि बढेको हुँदा अबको निर्वाचनमा देशभक्त दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने जनताको अभिमत व्यक्त भएको हो ।
शासक दलका नेताहरूले राजनीतिलाई पेसा ठाने, पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउने बाटो ठाने । राजनीतिमा लागेर उच्च पदमा पुग्ने, मान सम्मान पाउने र पैसा कमाउनु नै आफ्नो उद्देश्य ठानेतर्फ तिनीहरू लागे । जिन्दगीभर राजनीतिमा लागेका इमानदार नेता तथा कार्यकर्तालाई छाडेर नयाँ, धनाढ्य, अरु पार्टीबाट भित्रिएका व्यक्तिहरूलाई शासक र ठूला दलहरूले उम्मेदवारी दिएको हुँदा ती पार्टीभित्र असन्तोष बढेको हो । उनीहरूप्रति जनतामा वितृष्णा बढेको हो ।
शासक दलहरूले देशविरोधी र जनभावनाविपरीतको कदम चालेको हुँदा जनता चेतित हुँदै छन् । राजनीति देश र जनताको सेवाको निम्ति हो भन्ने कुरा जनता बुझ्दै छन् । देश जोगाउन, देशको स्वाधीनता र सार्वभौमिकता कायम राख्न अघि सर्ने दलका उम्मेदवारहरू देशको निम्ति खाँचो छ भन्ने कुरा जनता बुझ्दै छन् । यो सकारात्मक पक्ष हो । तर, कति जनता अझै गरिब, अशिक्षित र अचेतित भएको कारण सामन्त, पुँजीपति, जालीफटाहा, प्रतिक्रियावादी र जमिनदारहरूको भ्रममा पर्छन् र शोषितपीडित जनताविरोधी उम्मेदवारलाई नै मत हाल्न पुग्छन् । जनताको मत साँच्चै असल, इमानदार र निःस्वार्थपूर्वक सेवा गर्ने दलका उम्मेदवारहरूलाई दिनुपर्छ । देशका सच्चा कम्युनिस्ट र देशभक्त दलका उम्मेदवारहरूलाई मतदान गरेर जिताउनुपर्छ ।
बहुमत जनता राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा पछि परेसम्म पुँजीवादी शासकहरूले रजाइँ गरिरहने छन् । गरिब, जनताको मत लिएर गरिब जनतामाथि नै शासन गरेर रमाइरहने छन् । यसकारण, नेमकिपाले समाजवाद र पुँजीवादको भेदबारे जनताको घर आँगन पुगेर प्रशिक्षत गर्दै छ, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार घर आँगनमा पु¥याउने काम गरिरहेको छ । उनीहरूले नेमकिपाको इमानदारिता, देश जोगाउने विचार र गतिविधिले गर्दा नै अरु दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताले नेमकिपाको प्रशंसा गरिरहेका हुन् । नेमकिपाले जस्तै काम गर्नुपर्ने विचार व्यक्त गरेका हुुन् । यो नेमकिपाले गरेको कामप्रतिको विश्वास हो । त्यसकारण, नेमकिपा नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहेको हो । नेमकिपाले देशका शासक र अरु दललाई मार्गनिर्देश गर्ने काम गरिरहेको छ । यसलाई शासक दलले आत्मसात गरेमा देश विकास हुन्छ । जनता सुखी हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *