यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले हरेक राजनीतिक दलको वर्गीय चरित्र हुने बताउँदै नेमकिपा स्थापनाकालदेखि नै बहुमत कामदार वर्गका जनताको हितको पक्षमा सक्रिय रहेको बताउनुभयो ।
नेमकिपा भनपा ६ वडा एकाइ समितिअन्तर्गतको साविक वडा नं ५ सेल समितिको आयोजनामा भएको कार्यकर्ता तथा समर्थक भेलामा भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका सचिव सुवालले देशको सार्वभौमिकता र राष्ट्रहित रक्षाका लागि नेमकिपाको विस्तार र विकास अपरिहार्य भएको बताउनुभयो ।
नेपालका शासक दलहरू देशघाती सन्धिसम्झौताहरूमा एक ठाउँमा पुग्ने गरेको चर्चा गर्दै उहाँले व्यक्तिमात्र बदलेर हुँदैन, अब पुँजीवादी राजनीतिक दलहरूकै विकल्प नेपाली जनताले खोज्नुपर्ने औँल्याउनुभयो ।
नेपालका शासक दलहरूले कमिसन खाएर देश ध्वस्त पारेको र भ्रष्टाचारको पैसा बाँडेर कार्यकर्ता र जनता भाँडेको चर्चा गर्दै शासक दलका नेताहरूले मृत्यु शय्यामा पनि शान्ति नपाउने बताउनुभयो ।
देश निर्माणको सन्दर्भमा नेपालका शासक दलहरूको प्रवृत्ति बाँदरको जस्तो रहेको बताउँदै उहाँले भन्नुभयो, “शासक दलहरूले न आफूले देश बनाएका छन् न अरुलाई बनाउन दिएका छन् ।”
भारतीय विस्तारवादको सीमा अतिक्रमण र मनोमानी कायमै रहेको चर्चा गर्दै सचिव सुवालले त्यसको निम्ति भारतीय शासकहको अगाडि लम्पसार पर्ने नेपाली शासक दलका नेताहरूको प्रवृत्ति जिम्मेवार छ भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले नेमकिपा स्थापना कालदेखि देशभक्ति र सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तमा अडिग रहँदै आएको पार्टी भएको चर्चा गर्दै देश जोगाउनका लागि नेमकिपाका देशभक्त र क्रान्तिकारी उम्मेदवारहरूलाई मतदान गर्नु अपरिहार्य छ भन्नुभयो ।
देशमा बहुदलीय प्रजातन्त्र र गणतन्त्र आए पनि बहुमत कामदार वर्गका जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै उहाँले शासक दलहरूले नेपाली जनताप्रति गरेको विश्वासघात नै त्यसको कारण हो भन्नुभयो ।
उहाँले एमाले, एस, माओवादी केन्द्र र मसालसमेत सिद्धान्तच्युत र नक्कली कम्युनिस्ट सावित हुँदै गएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानावासुले निर्वाचनको बेला विभिन्न पुँजीवादी दलका नेताहरू चिप्ला कुरा र मिठा आश्वासन बाँडेर मत माग्न आउने बताउँदै जनताको घरघरमा गएर तिनीहरूका देशघात र जनघातबारे जनतालाई सचेत पार्ने कार्य नेमकिपाका कार्यकर्ताहरूले गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा भनपा ६ वडा एकाइ समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको भेलामा आयोजक समितिका इन्चार्ज आलोक र सदस्य प्रकाश थुसाले पनि निर्वाचनका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।
भेलाले आयोजक समितिका सचिव रमेश सितिखुको संयोजकत्वमा ७१ सदस्यीय नेमकिपा निर्वाचन परिचालन समिति गठन गरी निर्वाचन प्रचारप्रसारलाई अगाडि बढाउने निर्णय ग¥यो ।
Leave a Reply