नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ब्रासिलिया, ३१ अक्टोबर (टेलिसुर/ग्रान्मा) । दक्षिण अमेरिकी देश ब्राजिलमा आइतबार भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको परिणाममा वामपन्थी उम्मेदवार तथा ब्राजिल मजदुर पार्टीका नेता लुइज इनासियो लुला दा सिल्भा विजयी हुनुभएको छ ।
अत्यन्त कडा प्रतिस्पर्धा भएको निर्वाचन परिणामअनुसार ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् । देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिमा लुलासँगै उपराष्ट्रपतिमा ब्राजिल मजदुर पार्टीका अर्का नेता जेराल्डो अल्कमिन निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन् भने उहाँका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिकरूपमा निर्वाचन स्वीकार गरिनसकेको नेता लुलाले बताउनुभएको छ । विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिनुभएको हो ।
“ब्राजिल आज सही बाटोमा फर्केको छ, प्रजातन्त्रको बाटोमा फर्केको छ र सामाजिक न्यायको बाटोमा फर्केको छ । हामी विश्वलाई भनिरहेका छौँ कि दुष्टहरूको भूमिकाको कारण ब्राजिल विश्वबाट अलग्गिन पुगेको थियो । आज विश्वसित हातेमालो गर्न ब्राजिल फर्केको छ । आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,” पूर्वराष्ट्रपति पूर्व धातु मजदुरसमेत रहनुभएका लुलाले आङ्कनो जीतको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भन्नुभयो ।
सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुलालाई सन् २०१८ को निर्वाचनमा प्रतिस्पर्धा गर्न नदिनकै लागि भ्रष्टाचारको झूटो आरोप लगाएर २०१७ देखि करिब दुई वर्ष जेलमा राखिएको थियो । उहाँलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदालतले उहाँलाई रिहा गर्दै उहाँमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरिएको थियो ।
ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पहिलोपल्ट पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । वर्तमान राष्ट्रपति बोल्सोनारो बीस लाखभन्दा बढी मतले पराजित भएका छन् ।
लुला र ब्राजिलका जनतालाई बधाईको ओइरो
ब्राजिलको राष्ट्रपतिमा निर्वाचित हुनुभएका वामपन्थी नेता लुलालाई विश्वभरबाट बधाई आउने क्रम जारी छ । चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङले नेता लुलालाई सङ्घीय गणतन्त्र ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा आफ्नो र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति सिले आफ्नो बधाई सन्देशमा चीन र ब्राजिल दुवै मुख्य विकासशील देशहरू तथा उदीयमान राष्ट्रहरू भएका र दुवै देशका साझा हित र जिम्मेवारी रहेका उल्लेख गर्नुभएको छ ।
त्यस्तै क्युवाली राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिग्वेल डियाज कानल बर्मुडेजले ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई बधाई ज्ञापन गर्दै लुलाको विजयलाई क्युवाले एकता, शान्ति र ल्याटिन अमेरिका तथा क्यारिवियाको एकीकरणको पक्षमा महान विजयको रूपमा उत्सव मनाएको उल्लेख गर्नुभएको छ ।
क्युवा तपाईँलाई बधाई ज्ञापन गर्छ सहकर्मी मित्र । तिनीहरूले घृणित तरिका अपनाएर तपाईँको विजयलाई ढिलो गर्न सके तर जनताको मतबाट विजयी हुन रोक्न सकेनन् । ब्राजिलको मजदुर पार्टी फर्किएको छ, सामाजिक न्याय पनि फर्कनेछ । डियाज कानेलले आफ्नो ट्विटरमा लेख्नुभएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लुलालाई उहाँको ऐतिहासिक निर्वाचन विजयको लागि बधाई दिँदै त्यसले उहाँको उच्च राजनीतिक व्यक्तित्वलाई अझ उजिल्याएको बताउनुभएको छ । उहाँले लुलाको तेस्रो कार्यकालमा रुस ब्राजिल रचनात्मक सहयोग थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
त्यस्तै भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो, अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेज, बोलिभियाका राष्ट्रपति लुइस आर्से, पेरुका राष्ट्रपति पेड्रो कास्टियो, होन्डुरसकी राष्ट्रपति जियोमारा कास्ट्रो, स्पेनका राष्ट्रपति पेड्रो साँचेज, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेयर लियन,इटालकिा प्रधानमन्त्री जर्जिया मेलोनी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, न्यूजिल्यान्डका प्रधानमन्त्री जासिन्दा आर्डेन, जर्मनीका विदेशमन्त्री अन्नालेना बायरबोकलगायतले लुलालाई बधाई ज्ञापन गर्दै उहाँको राष्ट्रपति कार्यकालमा दुईपक्षीय सम्बन्ध अझ मजबुत हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।
Leave a Reply