अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
निर्वाचन प्रजातन्त्रको जग हो । निर्वाचनमा जनताले आफूलाई मन परेको उम्मेदवार छान्ने अधिकारको प्रयोग गर्छन् । जनताको मतबाट चुनिएर आएका जनप्रतिनिधिले आङ्कनो पार्टीको सिद्धान्त र घोषणापत्रअनुसार देश र जनताको विकास र सेवा गर्ने काम गर्छ र गर्नुपर्ने हो । तर, देशमा गणतान्त्रिक व्यवस्था स्थापना भएको धेरै वर्ष भइसक्दा पनि प्रजातन्त्रको मूल्य र मान्यताअनुसार न देश अगाडि बढ्न सकिरहेको छ न जनता नै अगाडि बढ्न सकिरहेका छन् । यो पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्था भनेको हुनेखानेको व्यवस्था हो । समाजवादी व्यवस्था बहुसङ्ख्यक हुँदाखानेको व्यवस्था हो । पुँजीवादी व्यवस्था मूल्य र मान्यतामा आधारित व्यवस्था होइन । यो व्यवस्थामा धनतन्त्र र पदलोलुपतन्त्र हुन्छ । यदि जनताप्रति जवाफदेही, उत्तरदायी नेता र दल भइदिएको भए देशमा साँच्चैको प्रजातन्त्र हुन्थ्यो । तर, त्यसो हुन सकिरहेको छैन । आज सँगसँगै प्रजातन्त्र आएको चीन कहाँ पुग्यो, भारत कहाँ पुग्यो र नेपाल कहाँ पुग्यो ? नेपाली जनतालाई थाहा नै छ ।
दलका नेता तथा कार्यकर्ताले सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने हो । वर्तमान सत्ता गठबन्धन दल र ठूला भनिएका दलका नेताहरू राजनीतिमा, देश बनाउने काममा र जनताको सेवा गर्ने काममा कानो र अन्धाजस्ता भएका छन् । उनीहरूमा चिन्तन र दूरदर्शिता छैन । उनीहरूको गठबन्धन न आ–आङ्कनो दलले अँगालेको सिद्धान्त र विचारअनुरूपको छ न प्रजातन्त्रको मूल्य मान्यताअनुरूपको छ । उनीहरूको गठबन्धनमा न सिद्धान्त मिल्छ न विचार तथा व्यवहार नै मिल्छ । कहाँ समाजवादी, कहाँ प्रजातन्त्रवादी र कहाँ सामन्तवादी ¤ केही पनि मिल्दैन । त्यसैले, उनीहरूको गठबन्धनलाई सबैले त्यसै असैद्धान्तिक, अराजनैतिक, अप्राकृतिक र अव्यवहारिक भनेको होइन होला । उनीहरू बहुटाउके भारण्ड चराजस्तो भएका छन् । यो विगतको ओली र प्रचण्डको पाइलट बन्दा नै प्रमाणित भइसकेको छ । उनीहरूलाई जसरी पनि पद चाहिएको छ । उनीहरूले पदको लागि जे पनि गर्न थालेका छन् । हिजो निर्वाचनको बेलामा यस्तो प्रवृत्ति शासक दलका नेता तथा कार्यकर्ताले देखाएका थिए भने आज पनि त्यस्तै प्रवृत्ति देखाउन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको निर्वाचन आयोगको स्पष्टीकरण र कारबाहीले पनि यसको पुष्टि गरेको छ ।
पदको लागि उनीहरूले संसद् दुई दुई पटक विघटन गरेका छन् । पदकै लागि उनीहरूले प्रजातन्त्रको भावना र मूल्य मान्यताविपरीत रातारात संविधानको धारा र प्रावधानलाई तोडमरोड गरेर, संशोधन गरेर, अध्यादेश ल्याएर उल्लुतन्त्र देखाए । उनीहरूले माधवकुमार नेपाललाई एमालेबाट फुटाउन संविधानमा भएको दल विभाजन गर्न दलको केन्द्रीय सदस्य ४० प्रतिशत र संसदीय दलको ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधानलाई संशोधन गरेर दलको केन्द्रीय सदस्य २० प्रतिशत वा संसदीय दलको २० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने बनाएर फुटाउने काम गरे । उनीहरूले फुटाएर आउने माकुनेको दललाई संसद् तथा निर्वाचन आयोगले मान्यता दिएपछि तुरुन्त पूर्ववत अवस्थामा पु¥याए । नेकपा र एमालेलाई फुटाउन सक्यो भने लड्डु जुधाएर चिनी खान पाइन्छ भन्ने सोच, काङ्ग्रेस र माओवादीको होला । उनीहरूले पदलाई सबथोक मानेको हुँदा उनीहरूलाई देशीविदेशी शक्तिले त्यस्तो ठाउँमा पु¥याए । एक्लाएक्लै चुनाव लडेमा सबै हारिन्छ, पछारिन्छ । त्यसैले, उनीहरू सिद्धान्त, विचार, नैतिकता, मूल्यमान्यता, चरित्र, व्यवहार फालेर जसरी भए पनि जित्ने दाउमा छन् । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले उनीहरूलाई जुट्न दिँदैनन् । उनीहरूले नेपाललाई स्थिर र विकास हुन दिँदैनन् ।
सिस्नु रोपेर तुलसीको बोट कहाँ उम्रिन्छ र ¤ सबै दल र नेताहरूले सिद्धान्त र त्यसअनुसारको व्यवहार, आचरण अँगालेका भए त्याग, समर्पण र मूल्य मान्यताको राजनीति आफूले पनि गर्ने र अरूलाई पनि गर्न लगाएका भए आज उनीहरू सिस्नु होइन तुलसीको बोट हुन्थे । उनीहरूले पदको लागि भाँडभैलो र महाभारत गर्ने थिएनन् । दलभित्र र बाहिर नेता तथा कार्यकर्ताहरूबीच घुसखोरी, भ्रष्टाचारी, अपहरणकारी, दलाल, नातावाद, परिवारवाद, फरियावाद, कृपावाद, विदेशीद्वारा पालित पोषित, विदेशीद्वारा परिचालित डन, गुन्डा, हत्यारा भनेर आरोप लगाउने र कुस्ती खेल्ने थिएन । उनीहरूले चुनावको बेला मतदाता र जनतालाई आकाशको तारा झारिदिने कुरा गर्ने थिएनन् । अनि ग्यास, सिलिन्डर, कुर्ता सुरुवाल, सारीको लोभ देखाएर पैसा बाँडेर, भोज खुवाएर मत माग्ने थिएनन् ।
प्रजातन्त्रलाई उल्लुतन्त्र बनाउन लागेका दलका नेता, कार्यकर्तालाई जनताले सघाउन नहुने हो । उनीहरूले प्रजातन्त्रलाई उल्लुतन्त्र र पदलोलुपतन्त्र बनाउँदा देश आज यो हालतमा पुगेको छ । नेपाल विदेशीको क्रिडास्थल र छिमेकी मित्र देश तथा एसियाली मित्र देशहरूलाई हान्ने स्प्रिङबोर्ड हुँदै छ । उल्लु भनेको धनको देवी लक्ष्मीको बाहन हो । जो धनमा धेरै लोभ गर्छ, सम्पत्तिमा लोभ गर्छ, जसरी पनि धन सम्पत्ति जोड्न खोज्छ उनीहरू पनि उल्लुजस्तै दिउँसै सेवा, धर्म र विवेकको आँखाले देख्दैनन् । उनीहरूले राजनीतिलाई देश र जनताको सेवा नबनाई धन कमाउने पेशा बनाएका छन् । देश आज करोडपति, खरबपति, ठेकेदार, डन, दलालहरूको कब्जामा छ । उनीहरू जसरी पनि काठमाडौँमा बङ्गला बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले जसरी पनि सुरक्षा गार्डसहित पजेरो गाडीमा सवार हुन थालेका छन् । आफूलाई भोट दिई जिताएर पठाएका जनताको झुपडी बनोस्–नबनोस्, काम पाओस्–नपाओस्, बाँचोस्–नबाँचोस्, शिक्षा पाओस्–नपाओस्, स्वास्थ्य सुविधा पाओस्–नपाओस् त्यससँग एक सिन्को पनि चासो राख्दैनन् । उनीहरू अरू बेला गाउँ जाँदैनन्, बस्दैनन् तर चुनावको बेलामा मात्र बस्छन् । उनीहरू काठमाडौँमा नै विभिन्न बहानामा बसिरहेका हुन्छन् ।
उनीहरूले यदि प्रजातन्त्रलाई धनतन्त्र, डनतन्त्र, उल्लुतन्त्र नबनाएका भए प्रजातन्त्रलाई व्यवहारमै विधि, पद्धतिमा ल्याएका भए, सबैले त्याग, तपस्या, मूल्य मान्यता र निःस्वार्थ सेवाको राजनीति गरेका भए देशमा समृद्धि आउँथ्यो । नेता तथा कार्यकर्ताहरू बालुवाटार जग्गा काण्डमा मुछिने थिएन । उनीहरू सेक्युरिटी, प्रिन्टिङ प्रेस घुस, कमिसन काण्डमा मुछिने थिएनन् । उनीहरू बजेट कर दायरा काण्ड, ठमेलको छायाँदेवी कम्प्लेक्स काण्डमा मुछिने थिएनन् । उनीहरूले सार्वजनिक र सांस्कृतिक जग्गा, वन, बगर लुट्ने काण्डमा भाग पाउने वा लिने छैनन् । उनीहरू घुस, भ्रष्टाचार, अपहरण, हत्यामा संलग्न हुने छैनन् । उनीहरूले देशघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक ल्याउने थिएनन् र पास गर्ने थिएनन् । उनीहरू विदेशीको दलाल, नोकर र दास बन्ने थिएनन् । सांसद र मन्त्री पद खोसिएपछि, गुमेपछि रोईकराई गर्ने थिएनन् । अनि, उनीहरूले मालदार मन्त्रालय लुट्नको लागि महाभारत गर्ने थिएनन् ।
शासक दलका नेताहरूले आङ्कनो सिद्धान्त र विचारलाई आदर्श र प्राण मान्ने हो भने प्रजातन्त्रलाई आत्मसात गर्थे । त्यस्तो बेला उनीहरूले आङ्कनो दलको छवि, पहिचान र गौरवलाई पैसा र पदसँग साट्ने÷बेच्ने थिएनन् । दल र आङ्कनो इज्जत प्रतिष्ठालाई धुलोमा मिलाउने थिएनन् । त्यसको लागि उनीहरू हारजितको मतलब नगरिकन एक्लै चुनाव लड्थे । उनीहरूले जनतालाई आङ्कनो सिद्धान्त, विचार अनि बहुसङ्ख्यक जनताको हितमा निःस्वार्थपूर्वक काम गर्थे । निर्वाचनमा यस्तै कुराको लाखौँ, करोडौँ जनतालाई थोरै समयमा राजनीतिक प्रशिक्षण दिने र प्रशिक्षित पार्ने काम हुन्थ्यो । उनीहरूले जनतालाई देशमा भइरहेको विकृति र विसङ्गतिको बारेमा शिक्षित पार्थे । देशमाथि भइरहेको विदेशी थिचोमिचो, आन्तरिक मामिलामा हुन सक्ने र भइरहेको हस्तक्षेपबारे उनीहरूले जनतालाई सचेत पार्थे । परिआएमा चीन, उत्तर कोरिया, क्युवामा जस्तो दल, सरकार र जनता एकढिक्का भएर जस्तोसुकै कठिन परिस्थितिको मुकाबिला गर्न जनतालाई तयार पार्थे । त्यसैले, देशलाई जोगाउन, देशलाई बनाउन सबै दल, जनता र सरकार मिलेर प्रजातन्त्रलाई पदलोलुपतन्त्रबाट बचाउनु जरुरी छ ।
Leave a Reply