भर्खरै :

चीनको अन्तरिक्ष स्टेसन सम्पूर्ण मानवजातिको लागि अन्तरिक्ष घर हुँदै

चीनको अन्तरिक्ष स्टेसन सम्पूर्ण मानवजातिको लागि अन्तरिक्ष घर हुँदै

पेइचिङ समय अक्टोबर ३१ को दिउँसो ३ बजेर ३७ मिनेटमा, चिनियाँ अन्तरिक्ष स्टेसनको तेस्रो ठूलो भाग मङथ्यान प्रयोगात्मक मोड्युल प्रक्षेपण गरिएको छ । लगभग ८ मिनेटपछि मङथ्यान प्रयोगात्मक मोड्युल सफलतापूर्वक रकेटबाट अलग गरियो† पूर्वनिर्धारित कक्षमा प्रवेश ग¥यो र प्रक्षेपण मिसन पूर्णरूपमा सफल भयो । जसबाट चिनियाँ अन्तरिक्ष स्टेसन ‘दुई केबिन’ बाट ‘तीन केबिन’ मा परिवर्तन भएको र टी आकारको कन्फिगरेसनको निर्माण कार्य पूरा गर्नेछ ।
अन्तरिक्ष स्टेसनको निर्माण चीनको एयरोस्पेस उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गा हो । सन् १९९२ मा मानवयुक्त अन्तरिक्ष उडान परियोजनाको आधिकारिक स्वीकृतिदेखि २०२२ मा अन्तरिक्ष स्टेसनको कक्षीय निर्माण सम्पन्न गर्नसम्म चिनियाँहरूले अन्तरिक्ष घर बनाउनको लागि असाधारण ३० वर्ष पार गरेका छन् । मानवरहित उडानदेखि मानवसहित उडानसम्म, एक अन्तरिक्ष यात्रीबाट धेरै अन्तरिक्षयात्रीसम्म, छोटो अवधिको बसाइदेखि मध्यम र दीर्घकालीन बसाइसम्म. विगत ३० वर्षमा चिनियाँ अन्तरिक्ष यात्रीहरूले धेरै केन्द्रीय प्रविधि हासिल गरेका छन् । जसले अन्तरिक्ष स्टेसन निर्माणको लागि भरपर्दो प्राविधिक जग खडा गरेको छ ।
विगत १० वर्षमा चीन एयरोस्पेस विकास ‘फास्ट लेन’ मा प्रवेश गरेको छ । १० वर्षयता चाइना एरोस्पेसले २७४ वटा प्रक्षेपण गरेको छ । १९२ रकेट प्रक्षेपण भने लङ मार्च रकेट प्रक्षेपणको कुल सङ्ख्याको ४३.२ प्रतिशत हो । यी उपलब्धिहरूले चीनलाई एयरोस्पेस शक्तिहरूको सूचीमा पु¥याएको छ । अन्तरिक्ष सबै मानवजातिको हो । यसले सबै मानवजातिलाई फाइदा पु¥याउनुपर्छ । चिनियाँ अन्तरिक्ष स्टेसन सबै मानवजातिको लागि सँगै अन्तरिक्ष अन्वेषण गर्ने ‘नयाँ घर’ बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *