भर्खरै :

नेमकिपा वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोधमा

नेमकिपा वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोधमा

सुस्ता, २० कार्तिक । नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादबाट अतिक्रमित भूमि सुस्ता क्षेत्रमा आइतबार चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
सुस्तामा भारतीय अतिक्रमणको विरूद्ध नेपाल मजदुर किसान पार्टीले २०२५ सालदेखि सङ्घर्ष गरिरहेको छ ।
चुनाव प्रचार कार्यक्रममा सुस्ता पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णगोविन्द खाइजुले नेमकिपाले स्थापना कालदेखि नै वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोध गर्दै आएको बताउँदै देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपाले निर्वाचनमा देशघाती एमसीसी र नागरिकता विधेयकको विरोधलाई मूल मुद्दा बनाएको चर्चा गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार खाइजुले देशद्रोही शासक दलहरूलाई निर्वाचनमा परास्त गर्नुपर्छ भन्नुभयो ।
सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरूङले नेमकिपा देशभक्त पार्टी रहेको चर्चा गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ र सचिव प्रेम सुवालसँग भेटेको स्मरण गर्नुभयो । अभियन्ता गुरूङले नेमकिपाको चुनावी अभियानलाई समर्थन गर्दै निर्वाचनमा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
अर्का अभियन्ता आदम खानले काङ्ग्रेस र एमालेका प्रधानमन्त्रीहरूले देशको रक्षा गर्न ध्यान नदिएको बताउँदै शासक दलहरूलाई मत दिए पनि भारतीय शासक र प्रहरीबाट नेपाली जनता पीडित हुनु परिरहेका छन् भन्नुभयो ।
सुस्तावारीका पक्लिहवा, बेलानी, सरैनीलगायत गाउँ तथा सुस्ताको थारू बस्ती र पहाडिया बस्तीहरूमा अपिल वितरण तथा कोणसभा सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *