कालीकोटमा निर्वाचन समीक्षा
- मंसिर २३, २०८१
फेरि, टाउको थिच्दै गर्न नपरोस् पश्चाताप !
भन्न सकौँ, यसपालि अवश्य घिन्ताङघिन्ताङ मादल,
हेर्दै बस ! अरू सारा देश लुट्ने दल !
कसैको चार छापको कर्ममा लाग्न दिइँदैन पछुतो,
सधैँ सिद्धान्तमा अडिग, हुन्न केही झूटो !
ताकी झुक्ने प्रवृत्तिका ती शासकहरू !
प्रस्ट मगन्ते स्वभाव देखाउनेहरू !
अरूको नुनको सोझो बन्न, आफ्नै देश
कहिले कुन कहिले कुन सम्झौतामा बेच्नेहरू !
कटिबद्धता र प्रतिबद्धता,
आम सभामा मात्र दर्शाउनेहरू !
कुर्सीको मोह देश र जनताभन्दा माथि राख्नेहरू !
देशको सार्वभौमिकता, अखण्डताका व्यापारीहरू !
विदेशीका हातमा देशको स्वाधिनता सुम्पने दलालहरू !
जनताको देश प्रेमका चिच्याहट नसुन्ने बहिरोहरूका
कान कानमा गुन्जिरहोस् मजदुरको मादल !
सधैँ सतर्क रहुन् कि
देश, जनताको हो,
मजदुरको हो, किसानको हो ।
त्यसैले, ‘भोट के मा ?’ कसैले सोधे,
निर्धक्क, शानका साथ भनौँ,
नेपाल मजदुर किसान पार्टीको मादलमा ।
Leave a Reply