भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २५ कार्तिक । ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय लिई स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको कार्तिक १ देखि ५ गतेसम्म घले गाउँमा सम्पन्न ‘ग्रामीण सामाजिक कार्य शिविर’ को रिपोर्ट प्रस्तुतीकरण कार्यक्रम शुक्रबार ख्वप कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा विशेष जोड दिँदै कार्य गरिरहेको बताउनुभयो ।
भनपाद्वारा सञ्चालित शैक्षिक सर्कलका कलेजहरू गुणस्तरीय शिक्षाको एउटा ‘ब्रान्ड’ नै भइसकेको धारणा राख्दै उहाँले अरू स्थानीय निकायको लागि भक्तपुर नगरपालिकाका गतिविधिहरू असल उदाहरणको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लिखित ‘सय वर्षपछिको भक्तपुर’ किताबले कल्पना गरेको भक्तपुर नगरलाई साकार पार्ने उद्देश्यले भनपा अगाडि बढिरहेको छ । उक्त किताब सबै विद्यार्थीहरूलाई अध्ययन गर्न म सुझाव दिन्छु ।”
चिकित्सा विज्ञानसहितको एमबीबीएसका कक्षाहरू सञ्चालनसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यमा भनपाको कदम निरन्तर अघि बढिरहने उपप्रमुख जोशीले बताउनुभयो ।
विद्यार्थीहरूले अध्ययन–अनुसन्धानलाई जोड दिई अध्ययनलाई अझ परिस्कृत गर्नुपर्ने धारणा राख्दै उहाँले देश र जनताको निःस्वार्थ सेवामा विद्यार्थीहरू अग्रसर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले जुनसुकै क्षेत्रमा कार्यरत रहँदा पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने विद्यार्थी तयार गर्ने ख्वप कलेजको लक्ष्यलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
शिविरबाट प्राप्त ज्ञानलाई जीवनमा उपयोग गर्न उहाँले विद्यार्थीलाई निर्देशन दिनुभयो ।
बीए तथा एम इन्चार्ज कमिनिका न्याइच्याईले शिविरको दौरानमा घले गाउँका जनताबाट आत्मीय सहयोग पाएको हुँदा ग्रामीण शिविर कार्यक्रम सफल भएको बताउनुभयो ।
सामाजिक कार्य विषयका फिल्ड इन्स्ट्रक्टर सुन्दर श्रेष्ठले समाजमा परिवर्तन ल्याउन मेहनत गर्ने नै सच्चा नायक हुने धारणा राख्दै सामाजिक कार्य विषयको मूल मर्म नै असल सामाजिक कार्यकर्ता तयार गर्नु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीको ध्यान समस्या सृजना गर्नेमा नभई समस्या समाधान गर्नेमा केन्द्रित हुनुपर्छ ।”
विभिन्न चार समूह बनाई सञ्चालन गरेको शिविरको समूहका टोली नेताहरूले शिविरको रिपोर्ट कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरू लीला विक, उमेश रास्कोटी, स्मृत गिरी, मञ्जु सुवाल र वलिमान गुरुङले पनि बोल्नुभएको थियो ।
Leave a Reply