भर्खरै :

चितवनको रत्ननगरमा नेमकिपाको सभा

चितवनको रत्ननगरमा नेमकिपाको सभा

चितवन, २६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसार तथा कोण सभा शनिबार रत्ननगरमा भयो । रत्ननगर बजारको टाँडीचोक, सौराहाचोक, बकुलहरचोक तथा मोहनाको गड्यौलीचोकमा कोणसभा र प्रचारप्रचार भएको हो । सो कोणसभामा नेपाल मजदुर किसान पार्टी चितवनका सचिव ज्ञानेन्द्र प्रजाले निर्वाचन घोषणापत्रबिचको लडाइँ भएको धारणा राख्दै सांसदहरूको काम देश र जनताको आवश्यकताअनुसार कानुन र नीति निर्माण गर्ने हो भन्नुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षा र सीमा सुरक्षाको लागि नेमकिपाले देशभरि उम्मेदवारी दिएको बताउँदै चुनावबाट मजदुर किसानको प्रजातन्त्र स्थापना नहुने स्पष्ट पार्नुभयो ।
सभामा नेमकिपाको तर्फबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार अर्जुन प्रजाले देशघाती र विदेशी दलालहरूको विरोधमा आफ्नो उम्मेदवारी दिएको जानकारी बताउनुभयो । कार्यक्रममा नेमकिपा प्रदेशसभा उम्मेदवार कृष्णबहादुर तामाङ, नेमकिपा रत्ननगरका अध्यक्ष विष्णु शर्मा, प्रदेश समानुपातिक उम्मेदवारहरू मोहनबहादुर प्रजा र सुुमित्रा महतोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *