साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
काठमाडौँ, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ क्षेत्र ६ निर्वाचन परिचालन समितिको आयोजनामा प्रतिनिधिसभा उम्मेदवार सनकमान महर्जन, प्रदेशसभा उम्मेदवारद्वय देवलक्ष्मी महर्जन र श्यामकुमार महर्जनलाई विजयी बनाउन तारकेश्वर न.पा. ६ धर्मस्थली बजार, सानो बाइसपासमा शनिबार घरदैलो कार्यक्रम भयो ।
धर्मस्थली बजारमा भएको कोणसभामा सनकमान महर्जनले देश बचाउन र बनाउनको लागि मादल चिह्नमा मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो ।
एमालेको नेतृत्वको गठबन्धन र नेकाले नेतृत्व गरेको दुवै गठबन्धनले देशलाई थप भद्रगोल बनाइरहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
क्षेत्र नं. ६ (ख) प्रदेश सभा उम्मेदवार श्यामकुमार महर्जनले नेमकिपाले स्थानीय तहमा जितेको भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा उत्कृष्ट कार्य गरेकोले देशभक्त जनताको पार्टी नेमकिपाका उम्मेदवारहरुलाई विजयी बनाउन मादलमा मतदान गर्न आग्रह गर्नुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं. ८ मा पनि शनिबार घरदैलो कार्यक्रम भयो । प्रतिनिधिसभाका उम्मेदवार कृष्णमाया मानन्धरका अनुसार वाफल, सितापाइला, स्वयम्भू, दल्लु, सोल्टीमोड, कालमाटी र भीमसेनस्थानहरूमा घरदैलो कार्यक्रम भएको थियो ।
Leave a Reply