प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
न्होम पेन्ह, १२ नोभेम्बर (सीआरआई) । चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको राजधानी नोम पेन्हमा चीन–आसियानका नेताहरूको २५ औँ सम्मेलनमा भाग लिनुभएको छ । आसियान मुलुकका नेताहरू र आसियानका महासचिव पनि उक्त सम्मेलनमा सहभागी हुनुभएको छ ।
ली खछ्याङले चीनले आसियानलाई छिमेकी कूटनीतिको प्राथमिक स्थानमा राखेको, आसियानसँग विकास र सहयोग गर्ने, मौका बाँड्ने, चुनौतीको संयुक्तरूपमा सामना गर्ने, चीन र आसियानबीचको अझै घनिष्ठ भाग्य समुदायको निर्माण गर्ने आशा लिएको कुरा बताउनुभयो ।
यसका साथै ली खछ्याङले चीनले विगत १० वर्षमा चीन–आसियान नेताहरूको सम्मेलनमा १६० वटाभन्दा बढी सहयोगात्मक सम्झौता प्रस्तुत गरेको, ९९.५प्रतिशत सम्झौता व्यवहारमा उतारिएको कुरा बताउनुभयो । चीनले आसियान समुदायको निर्माणलाई समर्थन गर्दै पूर्वी एसिया सहयोगमा आसियानको स्थान र चीन–आशियान मैत्रीपूर्ण सहयोगको बाटो अझै फराकिलो हुने विश्वास लिएको कुरा लीले बताउनुभयो ।
ली खछ्याङद्वारा जापानी प्रधानमन्त्री, दक्षिण कोरियाका राष्ट्रपति र फिलिपिन्सका राष्ट्रपतिबीच बेग्ला–बेग्लै रूपमा भेटवार्ता
स्थानीय समयअनुसार नोभेम्बर १२ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको राजधानी नोम पेन्हमा पूर्वी एसियाली सहयोगसम्बन्धी नेताहरूको शिखर सम्मेलनका दौरान जापानका प्रधानमन्त्री फुमियो किशिदा, दक्षिण कोरियाका राष्ट्रपति युन सेक यूल र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुल्डेज मार्कोससँग बेग्ला–बेग्लै रूपमा भेटवार्ता गर्नुभएको छ ।
जापानका प्रधानमन्त्री किशिदासँग भेटवार्ता गर्दै ली खछ्याङले चीन र जापान छिमेकी भएको र दुई मुलुकले राजनीतिक, आर्थिक तथा व्यापारिकका अलावा जनस्तरीय तथा सांस्कृतिक सहयोग बढाउनुपर्ने र दुई मुलुकको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई संयुक्तरूपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।
दक्षिण कोरियाका राष्ट्रपति युनसँगको भेटवार्तामा ली खछ्याले चीन र दक्षिण कोरियाले पारस्परिक सम्मान र पारस्परिक हितको भावनामा दुई मुलुकको विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभयो ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डसँगको भेटवार्तामा प्रधानमन्त्री ली ख छ्याङले चीन र फिलिपिन्सबीच गहिरो परम्परागत मित्रता रहेको, दुई मुलुकको साझा हित विवादभन्दा ठूलो भएको र दुई मुलुकको विभिन्न क्षेत्रको सहयोग पनि राम्रोसँग विकास भएको कुरा बताउनुभयो ।
Leave a Reply