भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
दिनको दोस्रो प्रहर चलिरहेको थियो । वडा कार्यालयमा सेवाग्राहीहरूको भिड कम भइसकेको थियो । म वडासचिवसँग वडाको समस्याबारे छलफल गरिरहेको थिएँ । त्यही समयमा एकजना बुढीआमा र एक महिला वडा कार्यालयमा आउनुभयो । मैले नमस्कार आमा भन्दै सोफामा बस्न अनुरोध गरेँ । बुढीआमाले फेरेको लामो लामो स्वासले उहाँ दमको बिरामी भनी सहजै अनुमान गर्न सकिन्थ्यो । सचिवसँग कुरा टुङ्गयाएर मैले आमालाई सोधेँ, “वडा कार्यालयमा के कति कामले आउनुभयो आमा ? यिनी को हुन् आमा ? यत्ति गा¥हो गरी किन आउनुभयो ?
आमाले सानो स्वरमा भन्नुभयो, “म यही वडाको कृष्णराम साखकी श्रीमती रामलक्ष्मी साख हुँ । मेरो श्रीमान्् बितेको दुई महिना भयो । यही भएर बाबु मैले यो सेतो लुगा लगाएको हुँ । म अहिले काठमाडौँमा बस्छु । यिनी मेरी कान्छी छोरी हुन् । यिनको नाम सन्ध्या हो । यिनको पाटनमा विवाह भयो । हाम्रा छोराहरू तीन जना र छोरीहरू चार जना छन् । अब म सबै सम्पत्ति छोराहरूलाई बाँडेर दिन चाहन्छु । बाबुले छोराहरूलाई बोलाएर कुरा गरी दिनुप¥यो । यो कान्छी छोरीले मलाई धेरै स्याहार गरेको छ । छोरा बुहारीहरूले हेरेनन् बाबु । न त आफ्नो बालाई नै हेरे । यही छोरीले मेरो श्रीमान्को उपचार गरेकी हुन् । त्यसैले मेरो भागको केही सम्पत्ति मैले यही छोरीलाई दिन खोजेको छु । त्यही भएर सम्पत्ति छुट्याएर दिन पाए हुन्छ बाबु ।”
त्यसपछि छोरीले आमाको कुरामा थप भनिन्, “बुबालाई सबै खर्च मैले नै गर्नुप¥यो । अब मैले आमालाई पनि हेर्नुपरेको छ । कोठा भाडासमेत दाइहरूले आमालाई दिँदैनन् । मैले आफ्नै पैसाले आमालाई पाल्नुपरेको छ । बुबालाई धेरै खर्च गरेँ । अस्पतालमा पनि धेरै खर्च भयो । त्यसैले आमाले मलाई केही सम्पत्ति दिने भन्नुभएको हो सर । आमाले मायाले दिनुभयो भने मलाई केही समस्या छैन । तर, दाइहरू दिन मान्नुहुन्न । त्यसैले मैले आमालाई तपाईँकहाँ भेटाउन ल्याएकी हुँ ।”
मलाई आमा छोरीको कुरा सुनेर अलि कस्तो कस्तो लाग्यो । छोराहरू सम्पत्ति दिलाई दिनुप¥यो भनेर वडामा आउने गर्दछन् । तर, यहाँ त आमा नै छोराहरूलाई सम्पत्ति दिनुप¥यो भन्नुहुन्छ । मैले आमा छोरीलाई नम्र स्वरमा भनँे, “हेर्नुस्, कृष्णराम बा बित्नुभएको भर्खर दुई महिना भयो । सम्पत्तिको कुरा यत्ति छिट्टै कुरा गर्ने समय भएको छैन । एक वर्षसम्म सम्पत्तिको कुरा नगर्नुस् । एक वर्षसम्म कुर्न सक्नुभएन भने छ महिना हुन दिनुस् । अनि मात्र कुरा गर्छु ।” मेरो जवाफले उनीहरू निरुत्तर भए । छोरीको अनुहार अलि रातो देखियो । सायद मेरो जवाफमा उनीहरूले प्रश्न गर्ने ठाउँ नै भेटाउन सकेनन् । एक छिनपछि छोरीले आफ्नो दुःख बताउन थालिन्, “आफू पनि सासू ससुरा पीडित भएको आईमाई हुँ । कोठा भाडामा लिएर बसेको छु । श्रीमान्को गतिलो जागिर छैन । बच्चा दुई जना भइसक्यो । त्यसमाथि आमालाई हेर्नु परेको छ । बुबालाई ऋण लिएर खर्च गरँे । अब मैले केही नपाउने भयो ?” मैले जवाफमा भनेँ, “मृतकको आत्मा शान्तिको लागि भए पनि ६ महिनासम्म कुर्नुुस् । सम्पत्तिको कुरा गर्ने समय यो होइन । छिमेकी र टोलवासीले के भन्लान् । कृष्णराम बाको परिवार दुई महिना नबित्दै झगडा ग¥यो भन्लान् । अहिले तपाईँहरू जानुस् ।” त्यसपछि उनीहरू वडाबाट बिदावारी भए ।
भोलिपल्ट म वडा कार्यालय जानलाई खाना खाँदै थिएँ । एउटा अपरिचित नम्बरबाट लगातार फोन आइरह्यो । लगातार फोन बजिरहेको कारणले कुनै इमरजेन्सी फोन होला भनी फोन उठाएँ । फोन रामलक्ष्मी आमाले नै गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाबुले सम्पत्ति जसरी भए पनि चार भाग गर्नुप¥यो । म पनि आज हो कि भोलि हो । बाबुले भनेजस्तै ६ महिनासम्म कुर्न सक्दिनँ । मलाई त आजै छोराहरूलाई वडामा बोलाई छलफल गर्नुप¥यो । अहिले म छोरीको भाडाको घरमा बस्नुपरेको छ । मलाई दम, सुगर, प्रेसर, मुटु आदिको रोग छ । धेरै थरीको नियमित औषधि खानुपर्छ । औषधि खानलाई नै पैसा छैन । छोरीसँग लिनुपरेको छ । बाबुले आजै बोलाई दिनुस् ।”
बुढीआमाको कुरा सुनेर मैले नरम स्वरमा भनँे, “हुन्छ आमा म आजै छोराहरूसँग फोनमा भए पनि कुरा गर्छु । केही दिनभित्र वडामा छोराहरूसँग छलफल गर्छु । तर, यसको लागि तपाईँले निवेदन एउटा वडामा दिनुस् । तपाईँ आउन नसके छोरीलाई भए पनि पठाउनु होला ।” यत्ति भनेर फोन राखिदिएँ ।
वडामा पुगेको एक घण्टापछि नै कान्छी छोरी सन्ध्या निवेदन लिएर आई पुगिन् । निवेदन सम्पत्तिको बारेमा छलफल गरी दिनु भन्ने थियो । मैले निवेदनमा तीन जना दाइहरूको नाम र नम्बर लेख्नलाई पनि अनुरोध गरेँ । त्यसपछि तीन जना छोराहरूलाई फोन गरी भोलि ११ बजेभित्र वडामा आउन अनुरोध गरेँ । आमालाई पनि भोलि वडामा पठाउन अनुरोध गरी बहिनी सन्ध्यालाई बिदावारी गरेँ ।
कार्यालय समयको पूर्वाद्धमै थियो । वडा कार्यालयमा सेवाग्राहीहरू धेरै थिए । मैले सबै सेवाग्राहीहरूलाई वडा कार्यालय बाहिरै राखेको थिएँ । किनकि बुढीआमा दस बजे नै आएर कुरिरहनुभएको थियो भने जेठो छोरा विजेन्द्र पनि दस बजे नै आउनुभएको थियो । म पुग्दा बुढीआमा र जेठो छोरा वडामा पुगिसक्नुभएको थियो । मैले दुवैलाई नमस्कार गर्दै आफ्नो कुर्सीमा बसेँ । केही समयपछि नै माइलो र कान्छो छोरा पनि आई पुगे । मलाई अचम्म लाग्यो किनकि सबै जना काठमाडौँबाट वडामा आउनुभएको थियो । तर, बोलाएको समत्र्न्दा अगाडि नै आउनुभएको थियो । वडाका प्रायः बैठक र कार्यक्रममा मानिसहरू एक घण्टापछाडि आई पुग्छन् । तर, उहाँहरू सबै जना आधा घण्टाअगाडि आउनुभएको थियो । मलाई खुसी पनि लाग्यो । मैले सबैलाई नमस्कार गरी बैठक सुरु गरेँ । छोराहरूलाई आफ्नो विचार राख्न अनुरोध गरेँ । सबभन्दा पहिले जेठो छोराले भन्नुभयो, “सम्पत्तिको नाममा ज्ञानेश्वरमा एउटा घर र भक्तपुरमा दुई रोपनी जग्गा त हो नि । आमासहित चार भाग गरे म पनि सम्पत्ति छुट्याउन तयार छु । आमाले भनेअनुसार सम्पत्ति छुट्याउन तयार छु ।” त्यसपछि माइलो छोराले भन्नुभयो, “मलाई वडाले गरेको निर्णय जस्तो भए पनि मान्न तयार छु । आमाको इच्छाअनुसार सम्पत्ति छुट्याउँदा पनि मन्जुर छ ।” त्यसपछि कान्छाले भन्नुभयो, “मलाई पनि चार भाग सम्पत्ति छुट्याउँदा फरक पर्दैन ।”
सबैको कुरा सुन्दा मलाई केही गा¥हो नभएको जस्तो लाग्यो । त्यसपछि आमालाई सोधेँ, “कसरी चार भाग लगाउने त, भन्नुस् आमा ?” आमाले भन्नुभयो, “घर पनि चार भाग र खेत पनि चार भाग लगाउँदा हुन्न । नभए खेत सबै तीन जनालाई र मलाई घर एउटा लिने, हुन्छ कि हुन्न बाबु ?” छोराहरू सबै जनाले आमाले जसरी दिए पनि सम्पत्ति लिन तयार छु भन्नुभयो । सबैको कुरा मिलेकोले मैले सबभन्दा पहिले कृष्णराम बाको नामको सम्पत्ति आमाको नाममा नामसारी गर्नको लागि प्रक्रियामा आउन अनुरोध गरेँ । त्यसपछि उहाँहरू सबै जना नामसारी गर्ने र सम्पत्ति छुट्याउनेमा सहमति गरी बिदा हुनुभयो ।
बेलुका खाना खाँदै थिएँ । बुढीआमाले फेरि फोन गर्नुभयो र भन्नुभयो, “बाबु मलाई त आज वडामा भएको सहमति मन्जुर छैन । सम्पत्ति त पाँच भाग लगाउनुपर्छ । मेरो श्रीमान्को काजक्रिया कसले गर्छ ? त्यो जेठो विजेन्द्रले काजक्रिया गर्ला भन्नेमा मलाई विश्वास छैन । त्यसैले श्रीमान्को भाग पनि चाहिन्छ । मेरो भाग जति कान्छी छोरीलाई दिन्छु अनि अर्को भाग म आफू प्रयोग गर्छु । बाबु अब त्यसरी कुरा गर्नु है छोराहरूसँग ।” बुढीआमाको कुराले म अलमल परेँ । घर पुगेर छोरी र ज्वार्इँसँग छलफल भयो होला भन्ने अनुमान गरेँ । मैले कान्छी छोरीसँग कुरा गर्छु, फोन दिनुस् भनी बुढीआमालाई भनेँ । आमाले फोन छोरीलाई दिनुभयो । फोनमा बहिनी सन्ध्यालाई नम्र भाषामा भनेँ, “बहिनी हेर्नुस्, आज वडामा आमाले भनेजस्तै सम्पत्ति चार भाग गर्ने र पहिला आमाको नाममा नामसारी गर्ने सहमति भएको छ । अनि कसरी नयाँ कुरा आयो ? यसरी बोलीको ठेगान नहुँदा काम गर्न गा¥हो हुन्छ । आमालाई सम्झाउनु पर्ला ।”
बहिनी सन्ध्याले भन्नुभयो, “मैले त्यसरी नै भनेको हो सर । तर, आमा मान्नुभएन । पाँच भाग नै गर्नुपर्ला सर ।” आमा छोरीको सल्लाह भई मलाई फोन गरेको अनुमान मैले लगाएँ । मैले हुन्छ कुरा गरुँला भनी फोन राखिदिएँ । भोलिपल्ट तीन छोरालाई मोबाइलमा आमाको नयाँ प्रस्तावबारे जानकारी गराएँ । तर, उहाँहरू सहमति हुन नसक्ने भनी रिसाउनु भयो । त्यसपछि मैले उहाँहरूको घरायसी कुरालाई थप छलफल गर्न आवश्यक ठानिन । तर पनि बुढीआमाको लगातार फोन आइरह्यो ।
एक दिन एकजना अपरिचित आईमाई वडामा मृत्यु दर्ता गर्न आइपुग्नुभयो । बुझेर हेर्दा उहाँ त्यही बुढीआमाकी माइली बुहारी रहेछ । माइलो छोरा अल्पआयुमै हृदयघात भई बितेका रहेछन् । मैले मृत्यु दर्ता दिन निवेदनमा तोक लगाएँ । मृत्यु दर्ता तयार भइसकेको थियो । मृत्यु दर्ता दिनै लाग्दा फेरि बुढीआमाकै फोन आयो । बुहारी मेरै अगाडि थिइन् । बुढीआमाले भन्नुभयो, “बाबु बुहारीलाई छोराको मृत्यु दर्ता नदिनुहोला । अनि नाता प्रमाणित पनि नदिनु होला । बुहारी तरुनी नै छिन् । भर्खर बत्तीस तेतीस वर्षमात्र हो । अरू ठाउँमा पोइलो जान सक्छ । त्यसैले पाँच भाग सम्पत्ति छुट्याउने भनेको पनि अब नगर्ने है बाबु । बुहारीले सम्पत्ति लग्यो भने के गर्ने ? पुर्खाको सम्पत्ति कहाँ त्यसरी अरूलाई दिने ? फेरि त्यो बुहारी निःसन्तान हुन् ।
मैले प्रतिउत्तरमा भनँे, “बुहारीमात्र सम्पत्तिको हकदार होइन र ? निःसन्तान भन्दैमा त्यसरी बुहारीलाई हेप्न पाइन्छ र ? आफ्नो श्रीमान्को खाताको रकम रकमान्तर गर्न मृत्यु दर्र्ता र नाता प्रमाणित चाहिँदैन र ? यो लिने त श्रीमतिको नैसर्गिक अधिकार हो ।
तपाईँले भनेर रोकिँदैन आमा । यसरी पनि कुरा गर्ने हो ? मृत्यु दर्ता तयार भइसकेको छ । नाता प्रमाणितको लागि सरजमिन गर्नमात्र बाँकी छ । अनि त्यो सिफारिस दिनुपर्छ आमा ।” यत्ति भनेर मैले फोन राखिदिएँ । बुहारीको आँखामा आसु भरिसकेको थियो । मैले भनँे, “मृत्यु दर्ता र नाता प्रमाणित वडाबाट रोकिँदैन । तपाईँ रुनु पर्दैन । धैर्य राख्नुस् । बरु अल्पआयुमा मृत्यु भएकोमा समवेदना छ । तपाईँ निडर हुनुहोस् । रोएपछि झनै अरूले हेप्न सक्छन् । हामीबाट हुने सबै सहयोग हामी गछौंँ ।” त्यसपछि बुहारीलाई मृत्यु दर्ता दिएँ र सरजमिन गरी त्यही दिन नाता प्रमाणित दिएर बिदा गरेँ ।
Leave a Reply