इलाममा उपनिर्वाचन २०८१ को अनुभव
- जेष्ठ २४, २०८१
काठमाडौँ, कार्तिक २८ । नेपाल मजदुर किसान पार्टीको काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार सनकमान महर्जन, क्षेत्र नं. ६ (क) का उम्मेदवार देवलक्ष्मी महर्जन र ६ (ख) उम्मेदवार श्यामकुमार महर्जनलाई विजयी बनाउन तारकेश्वरको मनमैजुको डाँडागाउँ, फुटुङ्ग, टुसाल, नागपोखरी, खुलालटार, टोखाको झोर, बौडेश्वर, जगातचोक, साङ्गलाको कुञ्चीप्वाल क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भयो ।
ती क्षेत्रमा उम्मेदवारहरूको परिचयसहित नेमकिपाको अपिल, नमुना मतपत्र मतदाताहरूलाई वितरण गर्नुका साथै देशघाती एमसीसी सम्झौता गर्ने एमसीसीका मतियार शासक दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई हराउन देशभक्त पार्टी नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गरियो ।
Leave a Reply