अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बाली, २९ कार्तिक (सिन्ह्वा) । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार बिहान फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गर्नुभएको छ ।
विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ । यसै कारण चीन–फ्रान्स सम्बन्धले विकासको सकारात्मक गतिलाई कायम राखेको छ । यी दुई नेताले देशले महत्वपूर्ण सहयोगमा सकारात्मक प्रगति गरेको कुरा औँल्याउनु भएको छ ।
हाल विश्व अशान्ति र रुरूपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै सीले बहुध्रुवीय विश्वका दुई महत्वपूर्ण शक्ति चीन र फ्रान्स, चीन र ईयूले स्वतन्त्रता र स्वायत्तताका साथै खुलापनको भावनालाई पालना गर्नुपर्ने बताउनुभएको छ ।
द्विपक्षीय सम्बन्धलाई सही मार्गमा स्थिर प्रगति गर्न र विश्वमा स्थायित्व र सकारात्मक ऊर्जा सहयोग गर्न पनि उहाँहरूरुबीच वार्ता भएको समाचारमा जनाइएको छ ।
Leave a Reply