भर्खरै :

‘शिक्षक अध्ययनशील बने विद्यार्थी त्यस्तै हुन्छन्’

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्र्टीका अध्यक्ष एवं नारायणमान बिजुक्छें (रोहित) ले भदौ १३ गते समसामयिक विषयमा भएको शिक्षक भेलामा शिक्षकहरू अध्ययनशील बने विद्यार्थीहरू पनि त्यही अनुरुप तयार हुने विचार व्यक्त गर्नुभएको छ ।
समाजमा अध्ययन संस्कृतिको कमी प्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले माओ त्से तुङले आफूलाई शिक्षक परिचय दिएको र उहाँ अत्यन्त अध्ययनशील रहेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
यो वर्ष अक्टोबर क्रान्तिको शत वार्षिकी र माक्र्सको द्विशतवार्षिकी रहेको चर्चा गर्नुहुँदै उहाँले निकट भविष्यमा देशका केही वामपन्थीहरूले रु. ८० लाख खर्चेर एउटा रिशोर्टमा एकहप्ते कार्यक्रम गर्न लागेका छन् तर त्यत्रो रकम कहाँबाट जुटाउँदै छन् भनी प्रश्न गर्नुभयो ।
नेपालीहरू विदेशमा पैसामा बिक्ने जातिका रुपमा बद्नाम भइरहेको उल्लेख गर्नुहुँदै उहाँले शिक्षकले स्वाभिमानी एवं देशभक्त जनशक्ति तयार गर्न सके नेपालीहरू विदेशमा बिक्नु नपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भएको उक्त भेलामा सङ्घका केन्द्रीय अध्यक्ष ज्ञान सागर प्रजापतिले राजनीतिक रुपमा स्पष्ट अडान भएका शिक्षकले मात्र विद्यार्थीहरूलाई स्पष्ट दिशा निर्देश गर्नसक्ने प्रस्ट पार्नुभयो ।
जिल्ला समितिका अध्यक्ष जगन्नाथ सुजखुको सभापतित्वमा भएको भेलामा के.स. अम्बिका न्याइच्याई, जिल्ला उपाध्यक्ष सन्तराम दुलाल र जिल्ला सचिव गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *