के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
बेलारूसी जमिनमा युद्ध चल्दै छ । सङ्घर्षको आगो पछाडितिरबाट उठिरहेको छ । फासिवादीहरू अघि बढिरहेका छन् । अब उनीहरूसामुन्ने बिरिजिना छे – बेलारूसी मैदानहरूकी एक अप्सरा ।
बिरिजिना कुदिरहेकी लाग्छे । कि त एउटा व्यापक बाढीको मैदानमा फैलिएको लाग्छे ऊ, अनि फेरि नहरतिर पुगेर साँघुरिएको लाग्छे, अब दलदल भएर बलात् निस्किएको लाग्छे बिरिजिना, फेरि गडगडाहटसाथ अघि बढेकी लाग्छे ऊ, वनको आडै आड, फाँटहरूको छेवै छेउ गाउँका दयालु झोपडीहरूतिर गएर पाउमा पर्छे ऊ, पुल, शहर अनि गाउँहरूलाई मुस्कुराउँछे ऊ, बिरिजिना ।
फासिवादीहरू बिरिजिनामा निस्के । एउटा टोली चाहिँ स्तुज्यान्कातिर लाग्यो । स्तुज्यान्कामा लडन्त भयो । फासिवादीहरू सन्तुष्ट छन् । अर्को एउटा नयाँ मोर्चामाथि कब्जा जम्यो उनीहरूको । स्तुज्यान्का एउटा पहाडी ठाउँ हो । यहाँ जुराहरू दायाँ बायाँ दुवै किनारामा छन् । बिरिजिना अब सम ठाउँमा बग्छे, सलल मैदान ।
फासिष्टहरू डाँडामाथि उक्लिए । यहाँको इलाका हत्केलामै पल्टेकोजस्तो लाग्छ । मैदान र वनहरू सिङ्गै आकाशछेउ उक्लिएका छन् । फासिवादीहरू बढ्दै छन्, अघि ।
गीत ! – कम्यान्डरले उर्दी ग¥यो ।
सिपाहीहरूले गीत गाउन लागे ।
फासिष्टहरू बढिरहेका थिए, अचानक देखे – एउटा शालिक । बाटाको छेउ, डाँडाको टाकुरामा स्मारक खडा थियो । शालिकमा, तलतिर शीलालेख थियो ।
फासिवादीहरू रोकिए । गीतले घोक्रो सुकाउन छोडे । स्मारकतिर, अनि शीलालेखमा हेर्दै छन् सबजना । उनीहरू रूसी बुझ्दैनन् । परन्तु मनोरन्जन्, यहाँ के लेखिएको छ होला ? एकले अर्कालाई सम्बोधन गर्छन् ।
त्यहाँ के छ, कुर्त ?
यहाँ के छ, कार्ल ?
कुर्तहरू, कार्लहरू, फ्रिचहरू आदोल्फहरू हान्स्हरू उभिइरहेका छन्, अनि हेरिरहेका छन् शीलालेखमा ।
अन्ततः एकजना फेला प¥यो , रूसी पढ्न सक्नेवाला ।
“यहाँ, यही ठाउँमा, सिपाहीले पढ्न थाल्यो । अघि भन्दै गयो, यहाँ, बिरिजिनाको स्तुज्यान्का गाउँमा सन् १८१२ मा रूसी सेनाले फिल्ड मार्शल मिखाइल इल्लारिओनभिच कुतुजफको कमानमा हाम्रो देशलाई जित्न चाहने फ्रान्सिसी सम्राट नेपोलियनको फौजलाई परास्त गरेको थियो, र अतिक्रमणकारीहरूलाई रसियाको सहरबाट लखेटिदिएको थियो । हो, यो ठ्याक्कै यही ठाउँमा भएको थियो । यहीँ, बिरिजिना छेउ, स्तुज्यान्काको गाउँमा ।”
सिपाहीले अन्त्यसम्म पढिसिध्यायो । उसले आफू छेउ भएकाहरूतिर हे¥यो । कुर्तले सुइय्य ग¥यो । कार्लले सुइय्य गरेन । फ्रिच् खिसिक्क हाँस्यो । फ्रान्सले मुसुक्क ग¥यो । अरू सिपाहीहरूले हल्ला खल्ला गरे ।
अँ, कहिले भएको थियो रे यो !
नेपोलियनको त्यसबेला त्यो ताकत थिएन !
सिपाहीहरू अघि बढे । पुनः गीत गाउन थाले ।
मात्र खै के भएको हो ? गीत अब गीत रहेन । गीत कम कम सुनिने हुँदै थियो ।
ठूलो स्वरले ! ठूलो स्वरले ! – अफिसर कमान दिन्थे ।
ठूलो स्वर आइरहेको थिएन । बरू गीत त सामसुम पो हुँदै गयो ।
सिपाहीहरू हिँडिरहेका थिए । अनि साथमा खेलिरहेका थिए उनीहरूका दिमागमा सन् १८१२, स्मारक, स्मारकको तलको शीलालेखका कुराहरू । हुन त हो, यो धेरै पहिले भएको थियो, अनि नेपोलियनको ताकत पनि साँचो हो, खासै त्यस्तो केही थिएन, तर एकाएक फासिवादी सैनिकहरूको मुड बिग्रेर गयो । हिँड्थे र बार बार एउटै दोहो¥याउथे ।
बिरिजिना !
काँडादार नै हुन गयो एक्कासि यो शब्द ।
Leave a Reply