के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
एच.बी. श्रेष्ठको १८ कार्तिक, २०७९ को ‘मजदुर’ दैनिकमा प्रकाशित ‘ए मेरा रातहरू’ एक शोक गीत नभई सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तै एक संस्मरणमात्रै हो । हुन त ‘मेरो प्यारो ओखलढुङ्गा’ लाई अङ्ग्रेजी कवि वर्सवर्थको ‘लुसी ग्रे’ को प्रभाव भन्ने समालोचकहरू पनि छन् । त्यस्तै, देवकोटाको ‘मुना–मदन’ लाई ‘सं देया म्ये’ को प्रभावमात्रै होइन अनुवाद सम्झनेहरू पनि छन् ।
आफ्नी प्रियाको बिछोडको कारण सपना र विपनामा पनि आउने सम्झनाले असामयिक मृत्युलाई प्रकृतिको ‘निर्दयी’ घटना भनी दुःख व्यक्त गर्छन् कवि । वास्तवमा त्यो घटनालाई प्रकृतिको ‘निर्दयी’ प्रहारभन्दा राज्य व्यवस्थाको स्वास्थ्य मन्त्रालयको ‘औषधि व्यवस्थापन विभाग’ को भ्रष्टाचारको कारण उपचार असम्भव बनाइएको थियो ।
हरेक रातको विरह–व्यथालाई कविले धैर्यधारण गर्न र मनलाई काबुमा ल्याउन आफ्नो कर्तव्यप्रति उत्साह जगाउने प्रयत्न गरेको र आत्म–संयमलाई जोड दिएको अनुभव हुन्छ ।
कवि रातभर आफूलाई धैर्य गर्ने कोशिश गर्दा गर्दै भोर हुन्छ र चरा–चुरङ्गीमार्फत दुःखमा डुब्ने होइन बरु आफ्नो जीवनको उद्देश्यतिर प्राथमिकता दिनुपर्नेमा ध्यान आकर्षित गराउन खोज्छन् ।
बिहान ९ बजे झोला बोकी विद्यालय, बालोद्यान र शिशुशालामा पु¥याउँदै गरेका नानीहरूलाई भविष्यको सुखद स्वप्नलोक देखाउँदै वर्तमान होइन दीर्घकालीन सोचतिर समाजको ध्यान मोड्न चाहन्छन् कवि ।
१० बजेतिरको शिक्षाका मन्दिरका पुजारीहरूको प्रतीक मानेर शिक्षक–शिक्षिकाहरूको रातो टीकालाई साम्यवादी समाजतिर सङ्केत गर्छन् ।
कवि नयाँ युग राज्यविहीन हुने र विश्वमा एउटै व्यवस्था हुँदा युद्धको अन्त हुने कल्पना गर्छन् ।
त्यो सुखद समाजमा रात हुँदैन अर्थात् नकारात्मक विचार र दृष्टिकोणहरू हराइसक्नेछन्– नयाँ युगको प्रकाशले । वैज्ञानिकहरूले पृथ्वीमा वनस्पति, रुख–बिरुवा, चरा–चुरुङ्गी र प्राणीलाई नकारात्मक प्रभाव नपर्ने गरी कृतिम सूर्य उदाउने छन् ।
दासजस्तै बेचिएका लाखौँ युवाहरू बेचिनुपर्ने छैन तब, आपसी द्वेष, इष्र्या र मनमुताब हुने छैन । किनभने, प्रचुरताले मानवमात्रलाई वितरण न्यायोचित हुनेछ र नाफाको हानथाप त्यहाँ हुने छैन भन्दै कवि वर्गविहीन समाजको कल्पना गर्छन् ।
सबै युवा र ज्येष्ठ कर्तव्यनिष्ठ र कर्मनिष्ठ भएपछि व्यक्तिगत ‘शुभ–लाभ’ मेटिने छन् खालि सहयोग र आत्म–बलिदानले समाजमा बास पाउने छन् ।
सम्पत्ति होस् वा आम्दानी लुकाउनुपर्ने केही काम हुँदैन अनि पारदर्शिता कञ्चन हुन्छ– झूट, चोरी र अपराधजस्ता पुराना समाजका अवशेषहरू शब्दकोश र प्राचीन कथा र साहित्यमा मात्र रहने छन् ।
त्यस समाजमा पश्चाताप हुने छैन किनभने पाप गर्दैन त्यहाँ । वियोग र मृत्यु, चिन्तन र सचेतताले प्रकृतिको नियति बुझेकै हुन्छ । उपचारको सीमा बाहिरमात्रै हुँदा, प्राकृतिक वरदान सम्झँदै इच्छा मरण, पीडाहीन बिदाइ र निर्वाण प्राप्त गर्न कोही हिच्किचाउने छैनन्– कवि यसरी सबैलाई सम्झाउन चाहन्छन् ।
समाजमा बहने आँसुलाई हर्षाश्रु हुनेछ भने दुःखको आँसु त त्यसबेलाका प्राचीन करुण रसका काव्य र महाकाव्यका पात्रहरूको आँखामा नाटक र सिनेमाको पर्दामा मात्रै देखिने छ । यसरी कवि सा¥है आशावादी हुँदै विकाररहित समाजको सुखद कल्पना गर्छन्– कामदार वर्ग र नयाँ पुस्तालाई आश्वस्त पार्न –‘ए, मेरा हातहरू’ मा ।
Leave a Reply