भर्खरै :

‘ए मेरा रातहरू’ का बारे

‘ए मेरा रातहरू’ का बारे

एच.बी. श्रेष्ठको १८ कार्तिक, २०७९ को ‘मजदुर’ दैनिकमा प्रकाशित ‘ए मेरा रातहरू’ एक शोक गीत नभई सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तै एक संस्मरणमात्रै हो । हुन त ‘मेरो प्यारो ओखलढुङ्गा’ लाई अङ्ग्रेजी कवि वर्सवर्थको ‘लुसी ग्रे’ को प्रभाव भन्ने समालोचकहरू पनि छन् । त्यस्तै, देवकोटाको ‘मुना–मदन’ लाई ‘सं देया म्ये’ को प्रभावमात्रै होइन अनुवाद सम्झनेहरू पनि छन् ।
आफ्नी प्रियाको बिछोडको कारण सपना र विपनामा पनि आउने सम्झनाले असामयिक मृत्युलाई प्रकृतिको ‘निर्दयी’ घटना भनी दुःख व्यक्त गर्छन् कवि । वास्तवमा त्यो घटनालाई प्रकृतिको ‘निर्दयी’ प्रहारभन्दा राज्य व्यवस्थाको स्वास्थ्य मन्त्रालयको ‘औषधि व्यवस्थापन विभाग’ को भ्रष्टाचारको कारण उपचार असम्भव बनाइएको थियो ।
हरेक रातको विरह–व्यथालाई कविले धैर्यधारण गर्न र मनलाई काबुमा ल्याउन आफ्नो कर्तव्यप्रति उत्साह जगाउने प्रयत्न गरेको र आत्म–संयमलाई जोड दिएको अनुभव हुन्छ ।
कवि रातभर आफूलाई धैर्य गर्ने कोशिश गर्दा गर्दै भोर हुन्छ र चरा–चुरङ्गीमार्फत दुःखमा डुब्ने होइन बरु आफ्नो जीवनको उद्देश्यतिर प्राथमिकता दिनुपर्नेमा ध्यान आकर्षित गराउन खोज्छन् ।
बिहान ९ बजे झोला बोकी विद्यालय, बालोद्यान र शिशुशालामा पु¥याउँदै गरेका नानीहरूलाई भविष्यको सुखद स्वप्नलोक देखाउँदै वर्तमान होइन दीर्घकालीन सोचतिर समाजको ध्यान मोड्न चाहन्छन् कवि ।
१० बजेतिरको शिक्षाका मन्दिरका पुजारीहरूको प्रतीक मानेर शिक्षक–शिक्षिकाहरूको रातो टीकालाई साम्यवादी समाजतिर सङ्केत गर्छन् ।
कवि नयाँ युग राज्यविहीन हुने र विश्वमा एउटै व्यवस्था हुँदा युद्धको अन्त हुने कल्पना गर्छन् ।
त्यो सुखद समाजमा रात हुँदैन अर्थात् नकारात्मक विचार र दृष्टिकोणहरू हराइसक्नेछन्– नयाँ युगको प्रकाशले । वैज्ञानिकहरूले पृथ्वीमा वनस्पति, रुख–बिरुवा, चरा–चुरुङ्गी र प्राणीलाई नकारात्मक प्रभाव नपर्ने गरी कृतिम सूर्य उदाउने छन् ।
दासजस्तै बेचिएका लाखौँ युवाहरू बेचिनुपर्ने छैन तब, आपसी द्वेष, इष्र्या र मनमुताब हुने छैन । किनभने, प्रचुरताले मानवमात्रलाई वितरण न्यायोचित हुनेछ र नाफाको हानथाप त्यहाँ हुने छैन भन्दै कवि वर्गविहीन समाजको कल्पना गर्छन् ।
सबै युवा र ज्येष्ठ कर्तव्यनिष्ठ र कर्मनिष्ठ भएपछि व्यक्तिगत ‘शुभ–लाभ’ मेटिने छन् खालि सहयोग र आत्म–बलिदानले समाजमा बास पाउने छन् ।
सम्पत्ति होस् वा आम्दानी लुकाउनुपर्ने केही काम हुँदैन अनि पारदर्शिता कञ्चन हुन्छ– झूट, चोरी र अपराधजस्ता पुराना समाजका अवशेषहरू शब्दकोश र प्राचीन कथा र साहित्यमा मात्र रहने छन् ।
त्यस समाजमा पश्चाताप हुने छैन किनभने पाप गर्दैन त्यहाँ । वियोग र मृत्यु, चिन्तन र सचेतताले प्रकृतिको नियति बुझेकै हुन्छ । उपचारको सीमा बाहिरमात्रै हुँदा, प्राकृतिक वरदान सम्झँदै इच्छा मरण, पीडाहीन बिदाइ र निर्वाण प्राप्त गर्न कोही हिच्किचाउने छैनन्– कवि यसरी सबैलाई सम्झाउन चाहन्छन् ।
समाजमा बहने आँसुलाई हर्षाश्रु हुनेछ भने दुःखको आँसु त त्यसबेलाका प्राचीन करुण रसका काव्य र महाकाव्यका पात्रहरूको आँखामा नाटक र सिनेमाको पर्दामा मात्रै देखिने छ । यसरी कवि सा¥है आशावादी हुँदै विकाररहित समाजको सुखद कल्पना गर्छन्– कामदार वर्ग र नयाँ पुस्तालाई आश्वस्त पार्न –‘ए, मेरा हातहरू’ मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *