भर्खरै :

चुनाव के हो ?

चुनाव के हो ?

लघु कथा
एक राजनैतिक कार्यकर्ताले भने, “चुनाव एक वर्गसङ्घर्ष हो ।” सर्वसाधारणले भने, “चुनाव हामीजस्ता सर्वसाधारणलाई भ¥याङ बनाएर मोजमस्ती गर्ने माध्यम हो ।” जनताका नेताले भने, “चुनाव एक घोषणापत्रको लडाइँ हो ।” स्वार्थी नेताले जवाफ दिए, “चुनाव एक भए नभएको भाषणको लडाइँ हो ।” प्रगतिशील बुद्धिजीवीले बताए, “चुनाव एक जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटर हो ।” राजनीतिप्रति चासो राख्नेले आफ्नो अनुभव पोखे, “चुनाव त पैसाको छेलोखेलो गर्ने एक ब्यारोमिटर हो ।” एक देशभक्त नेपालीले आफ्नो विचार व्यक्त गरे, “चुनाव एक सिद्धान्त र विचारको लडाइँ हो ।” डनले जवाफ दिए, “चुनाव एक खुट्टा र पाखुराको लडाइँ हो ।” देश र जनताको निःस्वार्थ सेवा गर्ने एक इमानदार नेताले आफ्नो अभिव्यक्ति दिए, “चुनाव जनतालाई राजनैतिकरूपमा सचेत र शिक्षित गर्ने विश्वविद्यालय हो ।” अवसरवादी स्रोताले सँगै बस्ने साथीलाई कानेखुसी गरे, “चुनाव त हामीजस्तालाई भोज खाने र पैसा कमाउने अवसर हो ।”
रमा दिदीको चियापसलमा विभिन्न विचारका महानुभावहरूको कुरा सुनिरहेका सुरजलाई पनि आफ्नो विचार पोख्न मन लाग्यो, “साथीहरू हरेक पार्टीको आ–आफ्नो सिद्धान्त र विचार हुन्छ । सोहीअनुसार आफ्नो धारणा पोख्ने गरिन्छ । मेरो त्यसमा केही भन्नु छैन । यो कुरो हामी सारा नेपालीले भुल्नु भएन कि हाम्रो देश रहेमात्रै हाम्रा पार्टीहरू रहन्छन् । हामी गर्वका साथ भन्न पाउँछौँ । विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथा भएको मेरो देश नेपाल हो । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो हो, नेपाल ।
हाम्रो देशको कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका साठी हजारभन्दा बढी भूमि भारतले अतिक्रमण गरिरहेको छ । पहिला हामी सबैले सीमा सुरक्षा गर्नुप¥यो । साथै देशको सार्वभौमिकता जोगाउनुप¥यो । नेपाल आमाको अस्मितामा आँच पु¥याउन दिनुभएन । मङ्सिर ४ गते विवेकपूर्ण मतदानको प्रतिक्षामा छिन् मेरी प्यारी आमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *