तिहार
- कार्तिक १४, २०८३
मन, वचन र कर्मले
देश र जनतामा समर्पित
मजदुर किसान
असमान सन्धि सम्झौता
खारेजमा सधैँभरि लडिरहने
मजदुर किसान
वैदेशिक ऋण सहयोग
स्वाभिमान बन्धक सम्झिने
मजदुर किसान
जनतालाई नोट र भोजमा
नअल्झाई नीतिगत शिक्षा दिने
मजदुर किसान
आफ्नो जीत सुनिश्चितता गर्नुभन्दा
देशलाई हराउन नदिने
मजदुर किसान
देशघाती विधेयकको विरुद्ध
संसद्देखि सडकसम्म लड्ने
मजदुर किसान
सिट र सत्ताको लागि सिद्धान्तहीन
तालमेल र गठबन्धन नगर्ने
मजदुर किसान
राजनैतिक चेतनास्तरको रूपमा
निर्वाचनलाई जनताको ब्यारोमिटर मान्ने
मजदुर किसान
Leave a Reply