इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
भक्तपुर, ७ मङ्सिर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ स्थापना दिवसको अवसरमा खुला रक्तदान, प्रेसर र सुगर जाँच बुधबार भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको नारा सदस्यहरूको आर्थिक एवं सामाजिक स्तर उकासी आदर्श समाज बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले रक्तदान जीवनदान हो, कसैको अमूल्य जीवन बचाउनु नै पुण्यको काम हो भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले सभापतिको मन्तव्य राख्दै सबैको सहयोग र सहकार्यमा कुनै पनि कार्य सफल बनाउन सक्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सल्लाहकार काशीलाल प्रजापति, कोषाध्यक्ष तुल्सीकेशरी छुजू (प्रजापति), सञ्चालक सदस्य रामकृष्ण लवजू र उद्घोषक प्रबन्धक गौतम कुटुवाजूले पनि बोल्नुभएको थियो । पुरुष २५ र महिला ३ गरी जम्मा २८ जनाले रक्तदान र पुरुष ३१ र महिला १२ गरी जम्मा ४३ जनाले प्रेसर र सुगर परीक्षण गराए ।
Leave a Reply