इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
मोरोक्कोले कतारमा जारी विश्वकप फुटबलमा क्रोएसियाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गर्दै बराबरी खेलेको छ ।
बुधबार समूह ‘एफ’ मा रहेको मोरोक्कोले सन् २०१८ को विश्वकप फूटबलको उपविजेतासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको दुवै टिमले दोस्रो हाफमा पनि गोल गर्न नसक्दा अङ्क बाँडेका हुन् ।
पहिलो हाफको अन्तिम समयमा कप्तान लुका मोड्रिचले प्रहार गरेको बल पोष्टको थोरै माथिबाट बाहिरिएपछि क्रोएसियाले अग्रता बनाउने मौका गुमाएको थियो । खेलको ६४ औँ मिनेटमा मोरोक्कोका अर्चाफ हाकिमीले प्रहार गरेको बल क्रोएसियाका डोमिनिक लिभाकोभिचले मुस्किलले बचाए । मोरोक्को र क्रोएसियाले बराबरी खेलेसँगै १–१ अङ्क बाँडेका छन् ।
समूह ‘एफ’ मा क्रोएसिया, मोरोक्कोसँगै बेल्जियम र क्यानडा छन् । समूह ‘एफ’ कै दोस्रो खेलमा क्यानडा र बेल्जियमले राति १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
जापानविरुद्ध पहिलो हाफसम्म जर्मनी १–० गोलले अघि
जर्मनीले कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापानविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ ।
खेलको आठौँ मिनेटमा जापानका डाइजेन माएडाले गोल गरे । तर अफसाइड भएको कारण उनको गोलले मान्यता पाएन । खेलको १७ औँ मिनेटमा एन्टोनियो रुडिगरले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गर्ने प्रयास गरे । तर उनले गरेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको २० औँ मिनेटमा डेविड राउमले प्रहार गरेको प्रहार जापानका गोलकिपरले मुस्किलले बचाए । खेलको ३३ औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाए । जर्मनीका खेलाडीलाई डिबक्सभित्र जापानका गोलकिपर सुइची गोन्डाले लडाएपछि पेनाल्टी पाएको थियो ।
पहिलो हाफको अन्तिम समयमा जर्मनीका काइ हाभटर्जले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले मान्यता दिएन । हाभटर्जले अफसाइड गोल गरेका थिए ।
Leave a Reply