आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, ९ मङ्सिर (रासस) । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरूङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८) ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन ग¥हुँगो बनाउँदै ।
मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउन छोडी वैदेशिक रोजगारतर्फ उहाँ लाग्नुभएको हो । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरू पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरू विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए ।
श्रमिकका रूपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्माउँदै थियो । उहाँको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उहाँ मलेसिया फर्कने समय आयो ।
बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्र्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँजस्ता कैयन युवाले दिनसक्ने मत भने परेको छैन ।
मतको तथ्याङ्कमा उहाँहरूको हिस्सा नभए पनि बुधबार श्रमको लागि विदेशिने करिब १५ सयको सूचीमा उहाँहरूको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ ।
चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरूआती नतिजाले भने उहाँलाई खुसी बनाएको छ । उहाँले भन्नुभयो, “नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।”
पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरूको लाइनमा भेटिनुभयो । उहाँ श्रम भिसामा दोस्रोपटक दक्षिण कोरिया जाँदै हुनुहुन्थ्यो । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उहाँलाई । राईले भन्नुभयो, “अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामीजस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।”
बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरूपमा गोडभेंडा खेती सुरू गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बिचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।”
परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरू नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौँ आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।”
चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरूबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरू भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरूका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरू अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् ।
Leave a Reply