के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, १० मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भक्तपुर नपा वडा नं. ६ चोछेँस्थित छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नयाँ पुस्तालाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउन सके मुलुकको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर हो भन्दै जनताले देशभक्त र देशद्रोही पार्टी चिन्ने समय पनि निर्वाचनमै भएकोले स्वविवेक प्रयोग गरी निर्वाचनमा जनताले भाग लिनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका विषयहरूमा गरिरहेको गतिविधिबारे अवगत गराउँदै उहाँले भक्तपुर अहिले देशभरिका विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनिरहेको चर्चा गर्नुभयो । भक्तपुर नपाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न विशेष जाड दिइरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरवासी जनतालाई अक्सिजन र रगत परीक्षण शुल्क निःशुल्क गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपा भ्रष्टाचारशून्य नगरपालिका भएकै कारण जनताको यसप्रति अपनत्वय कायम रहेको बताउँदै समाज राम्रो बनाउन यहाँका नागरिकहरू सभ्य र असल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले देशको सार्वभौमिकता रक्षाको निम्ति नेमकिपाले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै भक्तपुरमा नेमकिपाको जीत भनेकै यहाँका जनताको जीत हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले सहकारी संस्थाका सञ्चालकहरू इमानदार भए सदस्यहरूले त्यस संस्थाबाट लाभ पाउन सकिने बताउँदै राजनीति गर्नेहरू इमानदार नभए जनताले दुःख पाउने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिद्धिराम अवालले सञ्चालक समितिको दृढ विश्वास र कार्यकुशलताले गर्दा सदस्यहरूको मागबमोजिम आवश्यक तालिमहरू सञ्चालन गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत सङ्घका सचिव जगन्नाथ प्रजापति, छुमा गणेश साकोसका कोषाध्यक्ष कृष्णसुन्दर अवाल, कानुनी सल्लाहकार राजेन्द्र सुवाल, लेखासुपरीवेक्षण समितिका संयोजक मधुराम अवाल, सञ्चालक सदस्य राजाराम अवाल र उपाध्यक्ष भुपेन्द्रप्रसाद नेपालीले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा सफलताको कामना गर्नुभयो ।
Leave a Reply