आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १० मङ्सिर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा नयाँ सदस्यहरूलाई संस्थाको आर्थिक तथा सामाजिक क्रियाकलापहरूको जानकारी गराउने उद्देश्यले शनिबार शिक्षा शिविर कार्यक्रम भयोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले देशको अर्थतन्त्रमा भइरहेको आर्थिक मन्दीका कारण धेरैजसो सहकारी संस्थाले सदस्यहरूको बचत नै फिर्ता गर्न नसकिरहेको अवस्था रहेको बताउनुभयो ।
उहाँले दिनानुदिन सहकारीमा आर्थिक समस्या आइरहेको बेला उच्च ब्याजदरको प्रलोभनमा पर्दा आफ्नो साँवा पनि फिर्ता लिन नसकिरहेको स्थितिबारे प्रकाश पार्दै नाफाकेन्द्रित संस्थामा भन्दा समुदायमा आधारित सहकारी संस्थामा कारोबार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक कारोबारलाई मात्र नभई सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा पनि अग्रसर भई कार्य गरिरहेको हुँदा यस्तो विषम परिस्थितिमा पनि जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले २६ वर्षअगाडि साथीहरूबिच आपसी सहयोगको लागि सञ्चालित सहकारी संस्था समिति, उपसमिति, सल्लाहकारहरूको उचित सल्लाह सुझाव तथा सदस्यहरूको सहयोगले गर्दा आज अन्य सहकारीको लागि एउटा उदाहरणको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जूले संस्थालाई समुदायमा उत्कृष्ट बनाउन लागिरहेको बताउनुभयो । उहाँले संस्थाको विद्यमान नीति र संस्थाले हाल प्रदान गर्दै आइरहेको सेवा सुविधाहरूको बारेमा विस्तृत जानकारी गराउनुभयो ।
सो कार्यक्रममा शिक्षा उपसमितिका सदस्य दीपेन्द्र प्रजापति र जयराम कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply