स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भर्खरै सम्पन्न मङ्सिर ४ को निर्वाचनमा असल र इमानदार भएर पनि एक हुन नसकेका केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुने बलिया सङ्केतहरू देखापरेका छन् । अब संसद् भवनमा मुलुकको सीमा रक्षाका लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका पक्षपातीहरूका कारण नेपालमा लाद्न खोजेको एमसीसीलगायत अन्य देशघाती सन्धि सम्झौताविरुद्ध बलियो आवाज उठाउन नेमकिपाका प्रेम सुवाललाई साथ दिने कुरामा जनता ढुक्क छैनन् । यो कुरा आउने दिनहरूमा संसद् भवनभित्र हुने सांसदहरूको राजनीतिक व्यवहारले थाहा हुने नै छ ।
मोटो ब्याज दरमा ४५ अर्ब खर्चेर निर्माण गरेको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलमा ठूला राजनीतिक दलहरूको मिलेमतोमा भएको आर्थिक हिनमिना, ८ खर्ब लगानीमा निर्माण गर्ने भनिएको निजगढ विमानस्थलको सम्भाव्यता अध्ययनमै भएको अकुत रकमको विभिन्न सत्ताधारी दलहरूबाट भएको चलखेलबारे पनि नयाँ अनुहारका युवा जनप्रतिनिधिहरूले संसद् भवनमै भण्डाफोर गर्ने अपक्षा धेरैले गरे । देशलाई उँभो लगाउने हो भने राज्यस्तरबाटै हुने भ्रष्टाचार, बेथिति, प्राकृतिक सम्पत्तिको दोहन, हुँदा खाने जनतामाथि गरिने अत्याचार आदिको अन्त्य हुनुपर्छ । त्यसको विरोध अब पनि गरिएन भने जनता झन् निराश हुने पक्का छ ।
गठबन्धन सरकार र प्रतिपक्ष नेकपा एमालेले दुवै एक आपसलाई भ्रष्ट, देशद्रोही, अनेकौँ नमिठा शब्दले सत्तो सराप्दै आएका छन् । यी दुईका बयानलाई मान्ने हो भने दुवै पक्ष असल छैन । स्वतन्त्र हुन् या दलका उम्मेदवार वा नयाँ युवा पुस्ता यदि तिनीहरू पनि दिएको खाने अ¥हाएको गर्ने कार्यमा अभ्यस्त हुन्छन् भने देश उँभो लाग्न सक्दैन । सरकारले युगसापेक्षी रोजगार, समृद्धि र दीर्घ विकासको जनचाहनाबारे कहिल्यै चासो राखेन । आसा गरौँ, देशप्रेमी, इमानदार र नैतिकवान भनेर चिनिएका स्वतन्त्र तथा नयाँ पुस्ताका नवनिर्वाचित युवा सांसदहरूले नेमकिपाले जस्तै हजारौँ ताराबिचको एक चन्द्रको कार्य निर्वाह गर्नेछन् ।
Leave a Reply