भर्खरै :

आर्थिक र वैज्ञानिक प्राविधिक विषयको राजनीतीकरण अमेरिकाले बन्द गर्नुपर्छ : चीन

केही चिनियाँ कम्पनीले अमेरिकालाई दूरसञ्चार उपकरण र भिडियो निगरानी उपकरण उपलब्ध गराउन प्रतिबन्ध लगाएको कुरा हालै अमेरिकी सङ्घीय सञ्चार आयोगले प्रकाशित गरेको एक वक्तव्यमा जनाएको छ । अमेरिकी उक्त कदम राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्यीकरण गर्ने र अनुचित तथा आधारहित रूपमा चिनियाँ उद्यमहरूमाथि दबाब दिएको राष्ट्रिय शक्तिको दुरुपयोग गर्ने अर्को खराब उदाहरण भएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले नोभेम्बर २८ मा आयोजित नियमित पत्रकार सम्मेलनमा जनाउनुभएको हो । यो अभ्यासले बजार अर्थव्यवस्थाको सिद्धान्तहरूको उल्लङ्घन गरेको साथै अन्तर्राष्ट्रिय व्यापार नियमहरूलाई भङ्ग पारेको छ । साथै चिनियाँ उद्यमहरूको हितलाई हानि पु¥याएकाले चीनले कडा विरोध व्यक्त गरेको छ ।
प्रवक्ता चाउले पुष्टि गर्दै भन्नुभयो, “अमेरिकाले आफ्ना गलत गतिविधिहरूलाई सच्याउँदै आर्थिक, व्यापारिक र वैज्ञानिक प्राविधिक विषयहरूको राजनीतिकरण र सशस्त्रीकरण बन्द गर्नुपर्छ । चिनियाँ उद्यमहरूलगायत सबै देशका उद्यमहरूका लागि निष्पक्ष, न्यायोचित र भेदभावरहित बजार वातावरण अमेरिकाले प्रदान गर्नुपर्छ । चीनले चिनियाँ उद्यमहरूको वैधानिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *