भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङ तथा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलबिच भेटवार्ता

राष्ट्राध्यक्ष सी चिनफिङ तथा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलबिच भेटवार्ता

पेइचिङ, १ डिसेम्बर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा युरोपेली परिषद्का अध्यक्ष चार्लस मिचेलसँग आज भेटवार्ता गर्नुभएको छ ।
वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले अध्यक्ष मिचेलले युरोपेली सङ्घका सबै सदस्य मुलुकको प्रतिनिधित्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सम्पन्न भएलगत्तै चीनको भ्रमण गर्नुभएको कुराबाट चीनसँग सम्बन्धको विकास गर्ने युरोपेली सङ्घको राम्रो शुभेच्छा प्रतिबिम्बित भएको बताउनुभएको छ ।
त्यस अवसरमा राष्ट्राध्यक्ष सीले चीन–युरोप सम्बन्धको भावी विकासबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ । पहिलो, सही विचारधारालाई कायम राख्नुपर्छ ।
दोस्रो, राम्रोसँग मतभेदको नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्छ । तेस्रो, अझ उच्चस्तरीय सहकार्यको विकास गर्नुपर्छ । चौथो, अन्तर्राष्ट्रिय समन्वयात्मक सहकार्यलाई सबल पार्नुपर्छ ।
प्रत्युत्तरमा अध्यक्ष मिचेलले चीनसँगै मिलेर युरोप–चीन लगानी सन्धिको प्रक्रियालाई निरन्तररूपमा अघि बढाउनुका साथै आपूर्ति लाइनको स्थिरता र पारस्परिक विश्वासलाई मजबुत पारी युरोप र चीनबिच विभिन्न क्षेत्रमा रहेका आपसी हितयुक्त सहकार्यलाई गहन पार्दैजान युरोप इच्छुक रहेको औँल्याउनुभएको छ ।
वार्ताको क्रममा दुवै पक्षले युक्रेन सङ्कटबारे पनि वैचारिक आदानप्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *