विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
(पुँजीवादी शासन व्यवस्थामा हुने आवधिक निर्वाचनलाई प्रजातन्त्रको विशेषता र सारको रूपमा लिइन्छ । आम जनतालाई शासन गर्ने जनप्रतिनिधिको छनोट गर्ने प्रणाली भएकोले यस्तो आवधिक निर्वाचनबाट जनादेश पाएका प्रतिनिधिले शासन गर्ने वैधता प्राप्त गरेको मानिन्छ । तर, एक्काइसौँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा प्रजातान्त्रिक प्रणालीको यो सुन्दर मानिएको निर्वाचनमा, पार्टीहरूले जनतालाई झुक्याउने, फकाउने, किन्ने, लोभ्याउने र भएन भने धम्क्याउने एउटा अवसरको रूपमा अनुभव गर्नेको कमी छैन । भर्खरै सम्पन्न निर्वाचनमा पूर्वप्रम देउवाले मौन अवधिमा दिनदहादै पुलिसको घेराबन्दीमै पैसा बाँड्दै गर्दा लागेको भिडको भिडिओ भाइरल भयो । तर पनि निर्वाचन आयोगले चुइँक्क बोलेको सुनिएन । प्रजातन्त्रको मूल्य र मान्यताको चीरहरण गर्दै देउवाले सधैँझैँ चुनाव जिते । भारतको परिपे्रक्षमा अर्थशास्त्री अमत्र्य सेनले देख्नुभएको निर्वाचनको परिवेश र हामीले नेपालमा देखेको तमासामा धेरै अन्तर देखिएन । भारतीय तल्लो सदन लोकसभाको सत्राँै निर्वाचनमा भाजपाको भारी बहुमतसमेतको विजयको बारेमा ३ वर्षपहिले अमत्र्य सेनको दि न्युयोर्क टाइम्सको २८ मे मा प्रकाशित विचार हाम्रो परिवेशसँग पनि मिल्न आएको देखिएकोले मजदुरका पाठकहरूका लागि उपयुक्त लागेकोले यहाँ पुनः प्रकाशित गरिएको छ । – अनुवादक)
कूल ५४३ सिट रहेको तल्लो सदन लोकसभाको निर्वाचनमा ३०२ सिटसहित भारी विजयले मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी भाजपाले अर्को ५ वर्ष भारतमा शासन गर्ने जनादेश प्राप्त गरेको छ । चुनावमा भाजपाले पाएको यो विजय साँच्चिकै प्रभावशाली उपलब्धि हो, तर मोदी कसरी यस्तो गर्न सफल भए ? सबभन्दा पुरानो भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टी किन ५२ मात्र सीटमा खुम्चिन पुग्यो भन्ने प्रश्नप्रति घोत्लिनु आवश्यक देखिन्छ । (यस प्रश्नको उत्तर पाउन) कसैले विशेषतः यसलाई भारतमा अत्यधिक प्रभावशाली रहेको हिन्दूत्वको पहिचानसँग जोडिएको वैचारिक र सैद्धान्तिक कुरासँग जोडेर हेरेका छन् । यसका पक्षपातीहरूका अनुसार भारत स्वतन्त्र भएयता धेरै परिवर्तन भए । यस बदलिँदो परिस्थितिमा काङ्ग्रेस पार्टीले बोक्दै आएको हिजोको पुरानो बहुलवादी र धर्मनिरपेक्षतामा आधारित सिद्धान्त र गान्धी, नेहरू, टेगोर, अब्दुल कलाम आजादजस्ता महान् नेताहरूको विचार अबको समयमा उपयुक्त विकल्प हुनसक्दैन । यी कुरामा सत्यताको केही अंश पनि होला । तथापि, २० करोड मुस्लिम जनसङ्ख्या (कूल जनसङ्ख्या करिब १४ प्रतिशत) भएको भारतमा सबै हिन्दूहरूले विजयी भाजपालाई समानरूपमा राजनैतिक समर्थन गरेको त होइन होला । सधँै विचारले मात्रै पनि काम गर्दैन होला । हाम्रो विचार र सिद्धान्तलाई प्रभाव पार्ने विभिन्न क्रियाकलाप र घटनाहरू पनि हाम्रो दैनिक जीवनमा घटिरहेका होलान् । त्यसैले भाजपाले केही वर्षकै अन्तरालमा यति धेरै समर्थन किन पायो होला भन्ने कुरालाई यही सिलसिलासँग जोडेर हेर्नुपर्ने हुन्छ ।
मोदी चतुर राजनैतिक नेता भएकोमा कुनै शङ्का गर्नुनपर्ला । केहीलाई यो मान्य पनि नहोला । तर, भाजपालाई आश्चर्यचकितरूपमा यस उचाइमा लान उनको ठूलो भूमिका रहेको छ भन्दा गलत नहोला । मोदी निषेध र घृणालाई पनि आफ्नो चर्को वाक्पटुताको सहाराले राजनैतिक हतियार बनाउँदै विभिन्न वामपन्थी, बुद्धिजीवी एवं उदार बुद्धिजीवीहरू तथा विभिन्न जात र धर्म र सम्प्रदायका मानिसका विचारलाई समेत प्रभावित गर्न सक्षम छन् । भाजपाका पूर्वनेता अटल विहारी वाजपेयी यस्तो गर्न कदापि सक्नुुहुन्नथ्यो ।
मोदीले आफ्नो व्यक्तित्व र वाक्पटुताको चमक धमकमात्र चुनावमा देखाएनन् बरु पैसाको पनि खोलो नै बगाए । यो उनको प्रमुख प्रत्यासी काङ्ग्रेस र अन्य पार्टीहरूले गरेको खर्चभन्दा कैयौँ गुणा थियो । त्यस्तै चुनाव प्रचारको समयमा सरकारी टेलिभिजन दूरदर्शनले जति समय अन्य पार्टीहरूलाई उपलब्ध गरायो त्यसको दोब्बर भाजपालाई दियो । फेब्रुअरीमा कश्मीरमा पृथकतावादीहरूले गरेको आतङ्ककारी हमलामा पाकिस्तानी समूहको हात रहेको आशङ्कापश्चात् जवाफमा पाकिस्तानको सीमाभित्र आतङ्कारीको आश्रयस्थलमा भारतले गरेको हवाई हमलाले पनि भाजपाले उठाएको राष्ट्रवादी नाराको लहरलाई नै बल पुग्यो र यसले चुनावमा सहयोग ग¥यो । त्यस्तै, यो आम चुनाव मोदीको सनसनीपूर्ण, आलङ्कारिक र आडम्बरी वाक्पटुतामय भयो तर प्रभावकारी पनि । चुनावी नारालाई चिटिक्क पारेर पस्कनु मोदीको खुबी देखियो । सन् २०१४ को चुनाव प्रचार अभियानमा उनले धेरै आश्वासन बाँडे । जस्तै, प्रशासनिक झन्झट र भ्रष्टाचारमुक्त खुला बजार अर्थतन्त्रलाई चलायमान बनाउने र यसबाट प्राप्त फल सबैलाई पु¥याउने, सबैलाई रोजगारी प्रदान गर्ने, सबै जनतामा स्वास्थ्य र शिक्षाको सेवा उपलब्ध गराउने आदि । तर, यसपालिको चुनाव अभियानमा उनले पाँच वर्षअघि गरेका आफ्ना वाचाका बारेमा गर्वका साथ केही उपलब्धिलाई पस्कने आँट गरेनन् । गर्छ पनि कसरी ? विगत ४५ वर्षदेखिको बेरोजगारीकोे समस्या अहिले विकराल छ । आर्थिक वृद्धि कमजोर छ, जहाँ प्रगति देखिएको छ त्यहाँ बहुमतको हितको लागि केही भएन । सार्वजनिक स्वास्थ्य सेवा करिब करिब उपेक्षित नै रह्यो भने प्रशासनिक झन्झट र भ्रष्टाचारमुक्त सरकारी सेवा नारामा सीमित रह्यो । आफ्नो ५ वर्षको कमजोरी लुकाउँदै मोदीले यस चुनावमा नयाँ पासा फ्ँयाके । भारतीय जनताको सामु डर र त्रासको हौवा फैलाए । भारतीय जनताको सामु आतङ्कवादको त्रास, पाकिस्तानले गर्नसक्ने हमलाको त्रास र देशभित्रकै वैरीले गर्नसक्ने हमलाको भय थियो । मोदीले यो त्रासको चुनावी नारा र हौवा पस्केर चुनावलाई आफ्नो पक्षमा पारे जसरी सन् १९८२ मा फकल्यान्ड युद्धको हौवा प्रयोग गरी मार्गरेट थ्याचरले चुनाव जिते । भारतीय राजनीति यस्तै घटनाहरूको श्रृङ्खलाले भरिएको छ । यसैलाई भाजपा समर्थकहरू काङ्ग्रेसविरुद्धको वैचारिक लडाइँको जीत भन्न रुचाउँछन् । तर, वास्तवमा यहाँ हिन्दू राष्ट्रवादसँग सम्बन्धित दर्शनको कुनै जीत कहीँ भएको छैन । न त गान्धी, टैगोर र नेहरूले अगाडि सारेको समावेशिता र एकताको सिद्धान्त र विचारमा देखिने गरी कुनै ¥हास नै आएको छ । यदि देखिने गरी केही भएको छ भने यो पाँच वर्षको दौरानमा विभिन्न धार्मिक सम्प्रदायबिचको खाडल झन् फराकिलो भएको छ र अल्पसङ्ख्यकहरूमा अझ मुस्लिमहरूको जीवन झनै जोखिममा परेको छ । हिन्दू राष्ट्रवादको अभियानले भाजपालाई सत्तामा जरुर पु¥याएको छ । तर, वैचारिक लडाइँमा कहीँ उसको जीत भएको छैन । उदाहरणको लागि भाजपाका एक अभियन्ता प्रज्ञा ठाकुरले सार्वजनिकरूपमै गान्धीको हत्या गर्ने नाथुराम गोडसेलाई देशभक्त भने । उनको यस भनाइले सिङ्गो भाजपालाई अप्ठेरोमा पा¥यो र उनलाई पछि त्यस भनाइको लागि माफी मगायो । तर, त्यही ठाकुर मध्यप्रदेशको चुनावमा उम्मेदवार बने र निर्वाचित पनि भइन् । उनी भारतीय संसद्मा विधायिका हुँदै छन् । यहाँ सत्ताको लडाइँमा भाजपा विजयी भयो, तर वैचारिक लडाइँ कहाँ छ ? यहाँ दुःखको कुरा के भने प्राथमिकतामा राख्नुपर्ने वैचारिक लडाइँलाई बेवास्ता गरिएको छ, यसमा प्रतिपक्षसमेत नराम्ररी चुकेको छ ।
अनुवाद : योगेन्द्रमान बिजुक्छँे
Leave a Reply