भर्खरै :

थ्रेसहोल्ड जनअधिकारमाथि ताल्चा

भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले थे्रेसहोल्डको जालझेल गरी सरकारले जनताको राजनीतिक एवम् मौलिक अधिकारमाथि ताल्चा मार्न खोजेको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगरपालिका एकाइको आयोजनामा मङ्गलबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले प्रजातन्त्रका हिमायती भन्ने पार्टीहरूले ल्याएको थ्रेसहोल्डको प्रावधानले तीनै पार्टीको खुट्टामा बञ्चरो हानेको हुने धारणा राख्नुभयो ।
उहाँले नेमकिपा सरकारमा नजाने तर प्रखर प्रतिपक्षमा रहेर देश र जनताको सेवा गर्ने दोहो¥याउँदै ठूला दलहरू तुच्छ स्वार्थमा रूमल्लिई विदेशीको दलाली गरिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष रोहितले छद्मभेषी कम्युनिष्टहरूले देशको राजनीतिलाई अस्थिरता ल्याउन खोजेको भन्दै सरकारले विदेशीको निर्देशनमा नियम र कानुनविपरीत काम गरिरहेको बताउनुभयो ।
कालो दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला अध्यक्ष कमलमैयाँ सुवाल, नेमकिपा चाँगुनारायण नपाका सदस्य नारायणभक्त न्हेम्हाफुकी, चाँगु नपाका निर्वाचित वडा सदस्य कमला गिरी, चण्डिका पाण्डे, चण्डिका छुकांलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *