निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौं, २१ भदौ । आचारसंहिता लागू भइसकेको भन्दै कर्मचारी सरूवा नगर्न दबाब दिने निर्वाचन आयोग आफैले सचिव सरूवा गराएर आचारसंहिता उल्लङ्घन गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको बेला पाँच दिनको अवधिमा आयोगका दुई जना सचिवको सरूवा भइसकेको छ ।
आयोगकै आग्रहअनुसार सरकारले सचिव शङ्कर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा तानेर वेगेन्द्रराज शर्मालाई आयोगमा पठाएको छ । त्यसअघि महेश्वर न्यौपानेको सरूवा गरेर अधिकारीलाई आयोगमा पठाइएको थियो ।
हाल आयोगका सचिव बनेर गएका शर्मालाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन क्षेत्र निर्धारण आयोगमा ल्याइएको थियो । क्षेत्र निर्धारणको काम सकिएलगत्तै शर्मालाई आयोगमा ल्याउन लविङ भएको थियो ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पटक–पटक कर्मचारी सरूवा गरिएको भन्दै आयोगले सरकारप्रति असन्तुष्टि देखाउँछ । तर, आप्mनै सचिव सरूवामा भने निर्वाचन आयोग आफै भूमिका खेल्छ ।’
पहिलो चरणको स्थानीय चुनावको एक साताअघि आयोगका सचिव गोपिनाथ मैनालीको सरूवामा पनि आयोगको प्रमुख भूमिका रहेको स्रोतले बतायो । आयोगका पदाधिकारीकै दबाबमा मैनालीलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेर सहसचिव दिपक सुवेदीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो ।
Leave a Reply