अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, १८ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा घोडाघोडी नगरपालिकाको वडा नं. १० को तुल्सीपुर खल्ला, वडा नं. १ को नागरोडी र वडा नं. ८ को लडवामा धन्यवाद एवं प्रशिक्षण कार्यक्रम भयो ।
धन्यवाद तथा प्रशिक्षण दिँदै नेमकिपाका केन्द्रीय सदस्य एवं कैलाली निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा सदस्यका उम्मेदवार खगेन्द्रबहादुर शाहीले मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेमकिपाको चुनाव चिह्न मादलमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिनुभयो ।
उहाँले निर्वाचनमा नेमकिपाले आफ्नो घोषणापत्रको बारेमा मतदातालाई बुझाएर आएको मत खेर नजाने बताउनुभयो । उहाँले मतदाताहरूले अझै आफ्नो वर्ग र पार्टी नचिनेर सही विचारका दल र दलका उम्मेदवारलाई नभई जित्नेलाई मत दिएका छन् भन्नुभयो । उहाँले निर्वाचन जितेका शासक दलका प्रतिनिधिहरूले बहुमत कामदार जनताको पक्षमा नियम कानुन बनाउने छैनन् भन्नुभयो । देशी विदेशी शक्तिले आफ्नो स्वार्थ सिद्धका लागि मतदातालाई भ्रममा पार्ने खेल खेलेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपालको प्रमुख शत्रु भएको धारणा राख्नुभयो । भारतीय प्रहरीले नेपालीलाई दिनदहाडै हत्या गरेको उदाहरण कञ्चनपुरमा गोविन्द गौतम र बैतडीको झुलाघाटमा जयसिंह धामीको बारेमा नेपाल सरकारले भारतीय सरकारसँग हत्याको विरोध गर्न नसकेको विचार व्यक्त गर्नुभयो । उहाँले नेमकिपाको उद्देश्य कामदार जनताको शासन व्यवस्था स्थापना गर्ने भएकोले यो निर्वाचनबाट सम्भव नहुने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका उम्मदवार गंगादेवी पौडेल र प्रदेशसभाका उम्मेदवार रञ्जनाकुमारी सिंहले पनि मतदातालाई धन्यवाद दिनुभएको थियो ।
Leave a Reply