भर्खरै :

आफूविरुद्धको महाभियोग प्रस्ताव ‘राजनीतिक खेलको हिस्सा’ भएको पेरुका राष्ट्रपतिको दाबी

आफूविरुद्धको महाभियोग प्रस्ताव ‘राजनीतिक खेलको हिस्सा’ भएको पेरुका राष्ट्रपतिको दाबी

लिमा, १९ मङ्सिर (सिन्ह्वा) । पेरुका राष्ट्रपति पेड्रो क्यास्टियोले विपक्षी नेतृत्वको काङ्ग्रेस (संसद) ले पारित गरेको महाभियोग प्रस्ताव आफूविरुद्धको ‘राजनीतिक खेलको हिस्सा’ भएको बताउनुभएको छ ।
पेरूको काजामार्काको उत्तरी क्षेत्रमा मतदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका समय राष्ट्रपति क्यास्टियोले उक्त टिप्पणी गर्नुभएको हो ।
उहाँले त्यहीँबाट दक्षिण अमेरिकी राष्ट्र पेरूको नौ क्षेत्रमा भइरहेको दोस्रो चरणको चुनावमा आइतबार मतदान गर्नुभएको थियो । क्यास्टिलोले प्रस्तावका बाबजुद आफ्नो सरकार ‘बहुसङ्ख्यक नागरिकले गठन गरेको’ र ‘जनचाहनाको रक्षा’ गर्न आवश्यक रहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उहाँले आफ्नो सरकार ‘संवादमा संलग्न हुन, संस्थाहरूको सम्मान गर्दै लोकतान्त्रिक तरिकाले अघिबढ्न’ इच्छुक रहेको पनि बताउनुभयो । पेरुका राष्ट्रपतिले संसदको पूर्ण अधिवेशनमा सहभागी हुने वा नहुनेबारे पुष्टि गर्नुभएको छैन । क्यास्टियोका वकिल बेन्जी एस्पिनोजाले शनिबार पेरुका राष्ट्रपतिको बहसमा उपस्थिति हुने वा नहुने अझै पुष्टि नभएको तर ‘स्थायी नैतिक अक्षमता’ को कारण महाभियोग प्रस्ताव अघि बढाउन खोजिएको र यो ‘धेरै खुला र अमूर्त’ भएको बताउनुभएको छ ।
पेरुको काङ्ग्रेसले ७३ का विरूद्ध ३२ मतको आधारमा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यहाँको संसदले राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव पारित गर्नका लागि ८७ मतको आवश्यकता हुने संवैधानिक प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *