भर्खरै :

दुइटी केटीसँग विवाह गरेर दुःख पाइयो

दुइटी केटीसँग विवाह गरेर दुःख पाइयो

वडाध्यक्षको डायरीबाट
एक दिन म वडामा सेवाग्राहीहरूसँग छलफल गर्दै थिएँ । वडामा प्रथम प्रहर भएकोले मानिसहरू अलि बढी थिए । त्यसमा बहिनी पनि थिइन् । केही समयपछि त्यस बहिनीसँग पनि कुराकानी गरेँ । मैले बहिनीलाई सोधँे, “बहिनीको नाम के हो ? वडामा किन आउनुभयो ? के समस्या छ भन्नुस् ?” प्रतिउत्तरमा त्यस बहिनीले भनिन्, “मलाई मेरो श्रीमान्ले धेरै पिट्नुभयो । खान लाउन दिनुभएन । छोरालाई स्कूलमा शुल्क तिरी दिनुभएन । कोठामा खाना बनाउन चामल छैन, ग्याँस सकिएको धेरै दिन भयो । म भोकै बसेको धेरै दिन भयो । उसको घरको श्रीमती र छोराछारीलाई मात्र हेर्छ ।
त्यस बहिनीको कुरा सुनेपछि म अलि अचम्ममा परेँ । सुरूमा त के कुरा गर्दै छिन् भन्ने भेउ नै पाउन सकिनँ । उसको कुराले उनी दोस्रो श्रीमतीजस्तो लाग्यो । मैले फेरि सोधँे, “बहिनीको नाम भन्नुस् ? अनि कोठा कहाँ हो ? तपाईँ त दोस्रो श्रीमतीजस्तो लाग्यो ।”
त्यस बहिनीले भनिन्, “मेरो नाम कृष्णलक्ष्मी सुवाल (नाम परिवर्तित) हो । मेरो श्रीमान्को नाम कृष्णराम सुवाल (नाम परिवर्तित) हो । श्रीमान्को घर यही ब्यासीमा पर्दछ । हाल म च्याम्हासिंहमा कोठा लिएर बसेकी छु । मेरो श्रीमान्को दुइटी श्रीमती छन् । एकजना ब्यासीमा र म कोठामा बस्छु । परिवारले मलाई मन नपराएकोले मसँग विवाह गर्न दिएन† जबरजस्ती अहिलेको श्रीमतीसँग आमाबुबाले जबरजस्ती विवाह गराइदिनुभयो । मेरो श्रीमान् केही समय मसँग बस्नुहुन्थ्यो । घरमा पनि जानुभएन । यही क्रममा मेरो कोखबाट एकजना बाबुको जन्म भयो । त्यसपछि मेरो श्रीमान् घरमा जान थाल्नुभयो । मैले घर नपठाउनलाई धेरे प्रयास गरेँ । तर, मनाउन सकिन्नँ । अन्तमा हप्ताको दुई दिन मेरो कोठामा आउन थाल्नुभयो । केही वर्षसम्म मलाई खर्च र घर चलाउनको लागि र छोरालाई पनि खर्च दिनुभयो । घरमा उहाँको एउटा छोरा र छोरी भयो । यसरी दिन चलिरहेको थियो । तर, केही महिनादेखि मेरो कोठामा आउनुभएन र खर्च पनि दिनुभएन । मेरो केही काम छैन, आम्दानी पनि छैन । चामल र ग्याँस सबै सकियो र छोरा पनि भोकै छ । म पनि भोकभोकै परेँ । तपाईँले मेरो श्रीमान्लाई बोलाएर सम्झाउनुप¥यो । मलाई मेरो श्रीमान्सँग बस्ने वातावरण मिलाई दिनुप¥यो र खर्च पनि दिलाइदिनुप¥यो ।”
बहिनीको कुरा सुनेर मैले उहाँसँग सोधेँ, “घरमा श्रीमती हुँदाहुँदै किन तपाईँ उहाँसँग जानुभएको त ? तपाईँलाई महिलाको सौता बन्न अलि अप्ठ्यारो भएन ?” बहिनीले तुरुन्त जवाफ दिइन्, “उसलाई जबरजस्ती विवाह गराइदिएको थियो । अनि मलाई मनपर्छ भन्नुहुन्थ्यो ।” मैले भनेँ, “तपाईँलाई मन पराउने श्रीमान् भएको भए त वडामा आउनै परेन नि । घरमा श्रीमती हुँदाहुँदै कसैले मनपर्छ भन्दैमा पत्नी भएको केटासँग तपाईँ जानु हुन्छ र ? तपाईँसँग औपचारिक विवाह भएको छ ? को सँग परम्परागत विवाह भएको हो ? विवाह दर्ता छ कि छैन ?” बहिनीले भनिन्,“मसँग औपचारिक विवाह भएको छैन । मलाई घर पनि लगेको छैन । भोज खुवाएर विवाह भएको त घरकै श्रीमती सँगै हो । तर, ऊ मनपर्दैन भनेर मसँग बस्न आउँछ । म के गरुँ । तर, मसँग विवाह दर्ता र छोराको जन्म दर्ता छ सर ।”
म अचम्ममा परेँ । औपचारिक विवाहबिना नै वर्षाैँसम्म एउटा केटासँग बस्ने भनेको राम्रो कुरा भएन । फेरि केटाले जन्म दर्ता र विवाह दर्ता गरिदिएको छ । कस्तो अचम्म रहेछ । मैले बहिनीलाई सोधेँ, “गल्ती त बहिनीकै हो । तैपनि, भन्नुस् वडाले तपाईँलाई कस्तो सहयोग गर्नुप¥यो ।”
बहिनीले भनिन्, “मलाई मेरो श्रीमान् ल्याइदिनुप¥यो र खर्च जुटाइदिनुप¥यो ।” त्यसपछि मैले बहिनीसँग श्रीमान्को नाम र मोबाइल नं. मागेँ र फोन गरेँ । भोलि वडामा आउनको लागि अनुरोध गरेँ । त्यसपछि बहिनीलाई पर्सि वडामा आउन अनुरोध गरेँ ।
भोलिपल्ट दिनको दोस्रो प्रहरमा एकजना युवक हँसिलो पाराले नमस्कार वडाध्यक्षज्यू भन्दै कार्यालयमा आउनुभयो । मैले नमस्कार फर्काउँदै सोफामा बस्न अनुरोध गरेँ । उहाँले सोफामा बसिसकेपछि भन्नुभयो, “मैले दुइटा केटी विवाह गरेर धेरै गल्ती गरँे सर । जीवनमा धेरै दुःख पाइयो । दुःख हुने थाहा हुँदाहँुँदै म फसेँ सर । म पुलिस चौकीदेखि माइती नेपालसम्म धाएँ । मेरी कान्छी श्रीमतीले खान लाउन दिएन भनेर धेरै संस्थामा धेरै ठाउँमा उजुरी दिइन् । अब यहाँ पनि आइपुगिन् सर । तपाईँले जे आदेश दिनुहुन्छ म त्यही गर्न तयार छु । तर, हजुरले मेरी श्रीमतीलाई मैले दिएको खाएर कोठामा आरामले बस्न एकचोटि सम्झाइदिनुहोला ।”
मैले प्रतिप्रश्न गरिहालेँ, “पहिलो, दुइटी श्रीमती ल्याउनु हुँदैनथ्यो । दोस्रो, श्रीमती ल्याएपछि खुवाउनुपर्दैन ?” जवाफमा उहाँले भन्नुभयो, “त्यही भएर त सरसँग माफी मागेको । यो आमाबुबाको बाध्यताले गर्दा गर्नुपरेको हो । मेरो सोच थिएन । यही कान्छी श्रीमतीसँग मेरो प्रेम परेको थियो । तर, घरमा नमानेर अर्कै केटीसँग विवाह गर्नुप¥यो । दुवैलाई छोड्न सक्ने वातावरण नै भएन । एउटी आमाबुबालाई मनपर्ने अर्की मलाई मनपर्ने अनि त्यसैले दुवैलाई समान गरिराखेको हो सर । यहाँ पनि खान लाउन दिएन भनेर आएकी होला नि होइन ? तपाईँले फोन गर्ने बित्तिकै मैले हिजो बेलुकी कोठामा गएर चामल एक बोरा, एउटा ग्याँस सिलिन्डर, च्यूरा एक बोरा अनि आवश्यक तरकारी र दस हजार रूपैयाँ दिएर आइसकेँ सर । अब तपाईँकहाँ कराउन आउँदिन । स्कूलमा पनि आजै शुल्क तिर्न जान्छु । छ महिनाको तिर्न बाँकी रहेछ । के गर्ने सर दुइटी केटीसँग विवाह गरेर दुःख पाइयो । केही पैसा दिन नसक्दा यस्तो हालत भयो । भोलिपर्सि मेरो कमाइ नभएको बेला के गर्ने होला । म बिरामी भई खर्च दिन नसकेको अवस्थामा के गर्ने होला । यता जेठी तर्फबाट दुइटा सन्तान छ । दुवै बोर्डिङ स्कूलमा राखिदिएको छु । पैसा तिर्न नसकेको एक वर्ष भयो । घर जान लाजै लागिसकेको छ । यता जेठी कराउने उता कान्छी कराउने ।”
उहाँको कुरा सुनेर मलाई के जवाफ दिने के जवाफ दिने जस्तो भयो । जे हुनुभयो । अब आउँदा यस्तो उजुरी आउने वातावरण नबनाउन अनुरोध गरेँ । जेठी र कान्छी श्रीमती दुवैलाई सन्तुलनमा राख्न अनुरोध गरेँ । दुवैलाई विवाह दर्ता र बच्चाहरूको जन्म दर्ता लिई दिनुभएकोमा धन्यवाद भन्दै बिदावारि गरँे । भोलिपल्ट कान्छी श्रीमती वडामा सरलाई धन्यवाद दिन आइपुगिन् । मैले झगडा नगरी बस्न अनुरोध गरी बिदावारि गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *