नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
लिमा, २२ मङ्सिर (सिन्ह्वा) । पेरूका प्रगतिशील राष्ट्रपति पेद्रो कास्टियोमाथि महाभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिको रूपमा सपथ लिनुभएको छ ।
दक्षिणपन्थीहरूको बहुमत रहेको पेरूको संसद्ले राष्ट्रपति पेद्रो क्यास्टियोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो ।
सांसदलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरूका पूर्वराष्ट्रपति पेद्रो क्यास्टियोले बुधबार संसद् विघटन गर्ने निर्णयको आलोचना गर्नुभएको छ ।
पेद्रो क्यास्टियोले विधायिका भङ्ग गर्ने र आपत्कालीन सरकार गठन गर्ने घोषणा गरेको केही समयपछि पेरूको संसद्को बहुमतको निर्णयले क्यास्टिलोलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पेरूको संविधानअनुसार संवैधानिक अदालतका अध्यक्ष फ्रान्सिस्को मोरालेसले उपराष्ट्रपति डिना बोलुआर्टेलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न आग्रह गर्नुभएको थियो ।
प्रहरीले पेद्रो क्यास्टियोलाई लिमामा हिरासतमा लिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
पेरूको १३० सदस्यीय काङ्ग्रेसका १०१ सदस्यले क्यास्टियोविरूद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । पेद्रो कास्टियो जुलाई २०२१ मा पेरूको राष्ट्रपतिमा निर्वाचित भएका थिए । सीएनएनको रिपोर्टअनुसार सत्तामा रहँदा ‘भ्रष्टाचारका योजनाको मुख्य योजनाकार’को आरोपमा पाँच वटा प्रारम्भिक आपराधिक अनुसन्धानको सामना कास्टियोले गर्नुपर्नेछ ।
Leave a Reply