नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, २४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी, चाँगु वडा नं. ४ को आयोजनामा ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेमकिपाका उम्मेदवार र पार्टीलाई मतदान गरेका मतदाताहरूलाई धन्यवादज्ञापन गरिएको छ । कार्यक्रममा पार्टीका सचिव एवम् पुनर्निर्वाचित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले मतदाताहरूलाई धन्यवाद दिँदै संसद्मा देश र जनताको पक्षमा विगत जस्तै प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बचनबद्धता प्रकट गर्नुभयो ।
हालै दार्चुलामा महाकाली नदी नेपालतर्फ धकेलेर भारतले तटबन्ध बनाएको, भारतीय विस्तारवादले निरन्तररूपमा नेपालको सीमा अतिक्रमण गरिरहेको र कालापानीमा भारतीय सेना जबरजस्ती बसिरहेको विषयमा संसदमा जोडदार रूपमा आवाज राख्ने बचन दिँदै उहाँले संसद देशको नीति, कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको बारेमा छलफल गर्ने थलो हो† न कि स्थानीय विकास निर्माणको कुरा मात्र गर्ने थलो भनी प्रस्ट पार्नुभयो ।
अमेरिकी कानुन पालना गर्नुपर्ने एमसीसी नेपालको हितमा नभएको चर्चा गर्दै उहाँले २०६३ सालमा ३ जनाको हस्ताक्षरमा विदेशीले नागरिकता पाएको र हाल उनीहरूकै सन्तानलाई वंशजको नागरिकता दिन ल्याएको नागरिकता विधेयकले देश सिक्किम बन्न सक्नेतर्फ नेमकिपाले जनतालाई सचेत पार्दै आएको बताउनुभयो ।
४ मङ्सिरको निर्वाचनबाट विभिन्न अपराधका अभियुक्तहरू मूर्ति चोर, सरकारी जग्गा हडप्नेहरू, हत्या आरोपी, खराब ठेकेदार र शैक्षिक माफियासमेत जितेर आएको देखिन्छ । यसले देश अगाडि बढ्दैन भन्दै उहाँले जनतामा सांस्कृतिक स्तर उठ्न उठाउन जरुरी भएकोमा जोड दिनुभयो ।
स्थानीय पार्टी अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका समानुपातिक उम्मेदवार सुदीप खनाल र स्थानीय कविराज घिमिरेले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपा भनपा वडा नं. ६ एकाइ समितिको आयोजनामा प्रतिनिधि तथा प्रदेशसभामा नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले निर्वाचित गर्नुभएका मतदाताहरूलाई धन्यवाद ज्ञापन तथा समीक्षा कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईले अमेरिकी र भारतीय दूतावासले नेमकिपाका उम्मेदवारहरूलाई भक्तपुरलगायत देशभरिबाट नेमकिपाका उम्मेदवारहरूलाई हराउनको लागि विशेष चलखेल गरेको बताउनुभयो । नेमकिपाले एमसीसी र एसपीपीविरुद्ध देशभरि आन्दोलन गरी जनमत तयार गरेकोले त्यसदेखि डराएर नेमकिपाका उम्मेदवारहरूलाई हराउनको लागि दूतावासले धेरै पैसा खर्च गरेको बताउनुभयो । देशभरी नेमकिपाका
उम्मेदवारहरूको भोट बढ्नुमा एमसीसी, एसपीपी र नागरिकता विधेयकविरुद्ध व्यापकरूपमा पार्टीले आन्दोलन गरी जनतालाई सचेत पार्न विशेष भूमिका खेलेकोले पनि हो, त्यसैैले आगामी दिनमा पनि नागरिकता विधेयकविरुद्ध सङ्घर्ष गर्नको लागि कार्यकर्ताहरू तयारी अवस्थामा रहन उहाँले विशेष अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नेमकिपा र नेमकिपाले जितेको भक्तपुर नगरपालिकाले नगरवासीहरूको लागि राम्रो काम गरेकोले नै वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नगरवासीहरू अत्यधिक मतले जिताएको बताउनुभयो । नेमकिपाका जनप्रतिनिधिहरूले नगरवासीहरूको दुःखमा साथ दिएको कारणले नै धेरै माया गरेर मत दिएको चर्चा गर्दै उहाँले नगरपालिकाले गरेका विभिन्न गतिविधिबारे जानकारी दिनुभयो ।
नेमकिपा ६ वडा एकाइ समितिका सचिव जीआर थुसाले मङ्सिर ४ मा भनपा वडा नं. ६ का मतदाताहरूले दिएको मतको विषयमा विश्लेषण गर्दै आगामी दिनमा पनि जनताले दिएको मतलाई कदर गर्दै नेमकिपाका कार्यकर्ताहरू अझ सशक्तरूपमा देश र जनताको पक्षमा कार्य गर्दै जाने बताउनुभयो ।
नेमकिपा भनपा वडा नं. ६ का अध्यक्ष गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जी. सुजखूले पनि आफ्नो मन्तव्य राख्नुभएका थियो ।
Leave a Reply