स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेपाल र भारत दुई देश खुला सिमाना भएकै कारण धेरै भारतीयहरू सिमाना नजिकका नेपालका जिल्लाहरूमा बसोबास गर्दै आइरहेका छन् । त्यस्तै नेपाली नागरिक पनि सिमाना पारि बसोबास गरिरहेका छन् । खुला सिमानाकै कारण अवैध सामानहरूको ओसारपसार, चोरी तस्करी, आपराधिक गतिविधिहरू पनि बढिरहेको कुरा हामीले देख्दै र सुन्दै आएका छौँ । मुख्यतः ठूलो देश भारत धेरै जनसङ्ख्या र अव्यवस्थितका कारण नेपालमा यसको प्रभाव पर्दै आइरहेको छ । विवाह र रोजगारीको कारण पनि दुई देशका नागरिक आवातजावत हुने गर्दछ ।
सिमाना वारिपारिका गाउँबस्तीका मानिसहरूले नागरिकता प्रमाणपत्र पनि दुवै देशको लिएको हुन्छ । एउटा नागरिकले एक देशको मात्र नागरिकता प्रमाणपत्र लिनुपर्ने हुन्छ । प्रक्रियागतरूपमा भारतीय नागरिकले नेपाली नागरिकता लिनु परेमा भारतको नागरिकता त्याग्नुपर्दछ भने नेपालीले भारतको नागरिकता प्रमाणपत्र लिनुपरेमा नेपाली नागरिकता त्याग्नुपर्दछ । हाम्रो देश नेपाल खुला सिमाना भएका कारण धेरै मानिसहरूले दुवै देशको नागरिकता प्रमाणपत्र लिएका हुन् । विशेषतः भारतीय नागरिकहरूले नेपालको पनि नागरिकता प्रमाणपत्र लिएको बढी पाइन्छ । दुवै देशमा बस्न सरकारी, प्रशासनिक कामकाजमा सेवा सुविधा लिनको निम्ति नै मानिसहरूले अवैधरूपमा दुवै देशको नागरिकता राखेका हुन् ।
भ्रष्ट नेता र कर्मचारीका कारण पनि एक व्यक्ति दुई देशको नागरिक बनेका छन् । सिमानामा रहेर चोरी तस्करी गर्नेहरूले फाइदा लिएका छन् । नियोजितरूपमै आएका भारतीयहरूबाट नेपाल र नेपाली जनता भने धेरै पीडित छन् । सिमानामा बसोबास गर्ने धेरै भारतीय नागरिकहरूले नेपाली नागरिकता लिएका छन् । काठमाडौँ, नारायणढलगायत सहर बजारका सानादेखि ठूला मारबाडी व्यापारीहरू धेरैको दुवै देशको नागरिकता भएको कुरा बेलाबखतमा चर्चा परिचर्चा हुने गर्दछ । तराई मधेसी दलका नेताहरूको पनि दुवै देशको नागरिकता भएको कुरा बेलाबेलामा चर्चामा आउने गर्दछ । नागरिकताकै कारण आर्थिक हस्तक्षेप, राजनैतिक हस्तक्षेप हुँदै देशको सार्वभौमिकतामाथि नै भारतको हस्तक्षेप हुन पुगेको कुरा राजनीतिज्ञ, बुद्धिजीवीहरूले बोल्दै आएका छन् । खुला सिमाना बन्द गर्नुपर्ने, दोहोरो नागरिकता भएकाको छानबिन गर्नुपर्ने, नियोजितरूपमा आएका भारतीय तर नेपाली नागरिकता लिएकाहरूको नागरिकता खारेज गर्नुपर्ने आजको तड्कारो आवश्यकता रहेको छ । यसो गरेमा दुवै देशको निम्ति हित हुनेछ ।
Leave a Reply