भर्खरै :

सङ्घर्षपूर्ण जीतपछि अर्जेन्टिना सेमिफाइनलमा

सङ्घर्षपूर्ण जीतपछि अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ, २४ मङ्सिर । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा शनिबार भएको क्वाटरफाइनलमा सङ्घर्षपूर्ण खेलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।
खेलको ३५ औँ मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्र्दै अग्रता दोब्बर बनाएका थिए । तर, नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३ औँ र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा अर्जेन्टिना ४–३ गोल अन्तरले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *