यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
काठमाडौँ, २३ मङ्सिर । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ ।
कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शनिबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्नबाट चुके ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अत्तिरित्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका नेयमारले गोल गर्दै पहिलो अग्रता लिएका थिए । उनले पाक्वेटाको पासमा गोल गरेका थिए । खेलको ११७ औँ मिनेटमा क्रोएसियाका ब्रुनी पेट्कोभिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
हारसँगै ब्राजिल भने प्रतियोगितबाट बाहिरिएको छ । रासस
Leave a Reply