भर्खरै :

देशभक्तहरू साम्राज्यवादविरोधी हुन्छन्

देशभक्तहरू साम्राज्यवादविरोधी हुन्छन्

हरेक देशभक्तहरू साम्राज्यवादविरोधी हुन्छन्, हुनुपर्छ । देशभक्तहरू साम्राज्यवादी देशसँग सम्झौता गर्ने दलहरूको पनि विरोधी हुन्छन् । संसारलाई आतङ्कित पार्ने, आतङ्कित पारेर आफ्नो प्रभाव फैलाउने आक्रामक नीति र आतङ्ककारी देशको कुनै पनि स्वाधीन र सार्वभौम देशहरूले विरोध गर्नैपर्छ । कम्युनिस्टहरू त अन्तर्राष्ट्रवादी भएको हुँदा साम्राज्यवादी र विस्तारवादी नीतिको झनै विरोध गर्छन् । अमेरिकी साम्राज्यवादले नेतृत्व गरेको साम्राज्यवादको विरूद्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रका जनता एकगठ हुँदै छन् । विश्वमा शान्ति तथा मानव मुक्तिको निम्ति कुनै पनि साम्राज्यवादी नीति, विस्तारवादी र उपनिवेशवादी नीतिको विरोध नगरी हुँदैन त्यस्ता देशहरूसँग विकासको नाममा देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने खालको कुनै पनि सन्धि, सम्झौतामा सरकारले सही या समर्थन गर्नुहुँदैनथ्यो । तर, देउवाको नेतृत्वमा बनेका गठबन्धन सरकार यस्तो कार्यमा फस्यो र फेरि कुन दिन फस्ने हो र देशघाती काम गर्ने हो ? हेर्न बाँकी छ ।
साम्राज्यवादी देश अमेरिका अहिले पनि अरू स्वाधीन देशहरूबिच जुधाउने खेल खेल्दै छ । देशको आन्तरिक विवाद चर्काउने, अरू देश जुधाएर आफ्नो हतियार बेच्ने या अरूलाई कमजोर पारेर आफू बलियो हुने काम अमेरिकी साम्राज्यवादले गरिरहेको छ । संसारका स्वतन्त्र मुलुकहरूलाई सकेसम्म आफ्नो अधीनमा राख्ने र नसके साम्राज्यवादी देशको विरोध नगराउने खेल साम्राज्यवादी देश अमेरिकाले गरिरहेको छ । अमेरिकाले विशेषगरी समाजवादी देश र सम्राज्यवादविरोधी देशहरूमाथि धावा बोलिरहेको छ, अनेक षड्यन्त्र गरेर आन्तरिक द्वन्द्व बढाउने काम गरिरहेको छ । आफ्नो देशलाई स्वाधीन, सार्वभौम भन्ने तर ठूला देशहरूसँग डराउने, उनीहरूसामु झुक्ने नेपालजस्ता देशहरू पनि संसारमा नभएका होइनन् । कुनै देश साना छन् तर ठूला देशहरूसामु झुक्दैनन्, आत्मसमर्पण गर्दैनन्, शान्ति भए शान्ति र क्रान्ति भए क्रान्ति भनी अडान राख्ने क्युवा, प्रजग कोरिया र बोलिभियाजस्ता देशहरू पनि छन् ।
अमेरिकाजस्ता साम्राज्यवादी देशहरूले शक्तिको उन्मादमा अन्य देश र देशका शासकहरूलाई धम्की दिन्छन्, दिइरहेका छन् । अमेरिकाले धेरै देशमा आक्रमण गरिसकेको छ । धेरै देशका शासकहरूको हत्या गर्ने काममा बल पु¥याइसकेको छ । अहिले पनि दर्जनौँ देशहरूमा अमेरिकी सेना तैनाथ गरिएका छन् । अमेरिकाले कुन देशमा कहिले आक्रमण गर्छ भन्न सकिन्न । अमेरिकी शासकहरू आफ्नो साम्राज्यवादी नीतिको विरोध ग¥यो भनेर अरू देशमा नाकाबन्दी गर्छन् । तर, संरा सङ्घका महासचिव चुइँक्क बोल्दैनन् । व्यवहारतः संयुक्त राष्ट्र सङ्घ पनि संरा अमेरिकाको कठपुतलीजस्तो बनेको छ । क्युवामाथिको नाकाबन्दी हटाउन सयौँ देशहरूले समर्थन गर्दा पनि संरा अमेरिकाले हटाएन, संरा सङ्घले कुनै प्रक्रिया अघि बढाएन । लाज छोपेर संरा अमेरिकाले क्युवा र प्रजग कोरियामा नाकाबन्दी गरिरह्यो । एउटा देशले अर्को देशमाथि नाकाबन्दी गर्ने अधिकार अमेरिकालाई कसरी प्राप्त भयो ? यसमा संयुक्त राष्ट्र सङ्घ किन मौन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *